सिन्धु विकास बैंकको खुद नाफा ३६.६७ % ले बढ्दा पुग्यो ३ करोड ७२ लाख

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चोथौ त्रैमासमा सिन्धु विकास बैंकले ३६.६७ % ले खुद नाफा बढ्दा ३ करोड ७२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ करोड ७२ लाख ४४ हजार रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी ४६.१८ % ले बढेर ९ करोड ९९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६ करोड ८३ लाख ९३ हजार रुपैयाँ थियो । बैंकले १ अर्ब ९० करोड ५६ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ६०.३४% ले धेरै हो । 

अघिल्लो वर्ष बैंकले १ अर्ब १८ करोड ८४ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । सिन्धुले १ अर्ब ३९ करोड ७९ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५७.२५% बढी हो । बैंकले अघिल्लो आवमा ८८ करोड ८९ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । सिन्धुको खराब कर्जा घटेर ०.८४% मा आएको छ । अघिल्लो वर्ष १.१८% थियो । कस्ट अफ फन्ड भने ३.५०% बढेर ६.४४% मा पुगेको छ । बैंकले रिजर्भ कोषमा ९४% बढाएर ६ करोड ९९ लाख ६६ हजार रुपैयाँ राखेको छ । अघिल्लो वर्ष रिजर्भ कोषमा ३ करोड ५९ लाख ३४ हजार रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार छ । अघिल्लो वर्ष १२ करोड ९ लाख ३७ हजार रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) १४ रुपैयाँ २० पैसा छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६८ पैसा छ ।
प्रकाशित : Tuesday, August 08, 2017

recent

Popular Posts