रेणुले अग्रता लिएपछि बिजयी जुलुस मनाउने तयारी गरेका एमाले कार्यकर्ता निराश, प्रतिनिधिका आँखामा देखिए आँशु !
Powered by Blogger.
रेणुले अग्रता लिएपछि बिजयी जुलुस मनाउने तयारी गरेका एमाले कार्यकर्ता निराश, प्रतिनिधिका आँखामा देखिए आँशु !


भरतपुर- भरतपुर महानगरपालिकाको मतगणनामा रेणु दाहालले अग्रता लिएपछि बिजयी जुलुस मनाउने तयारी गरिरहेका एमाले कार्यकर्ताहरु निराश बनेका छन् । यसअघि देवी ज्ञवालीको जीत पक्कापक्की भएको भन्दै भव्य बिजय जुलुसको गर्ने तयारीमा लागेको केहि कार्यकर्ताहरुले प्रतिक्रिया दिएका थिए ।

यसैबीच देवी ज्ञवाली पछी पर्न थालेपछि जाली भित्र रहेका विभिन्न दलका प्रतिनिधिपनि कोहि खुसी त कोहि आक्रोशित देखिएका छन् । एमालेका प्रतिनिधिको आँखामा आँशु टिलपिलाउन थालेको छ ।

पछिल्लो अपडेट अनुसार रेणु दाहाल १०० बढी मतले अगाडी छिन् । अव केहि सय मत मात्र गन्न बाँकी छ ।      

प्रकाशित मिति : Saturday, August 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...