×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लवले कोशी ब्यारेज भत्काउनु पर्ने भन्दै युवाहरु तातेपछि नेकपाले निकाल्यो यस्तो विज्ञप्ति !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

विप्लवले कोशी ब्यारेज भत्काउनु पर्ने भन्दै युवाहरु तातेपछि नेकपाले निकाल्यो यस्तो विज्ञप्ति !

भारतले कोशी ब्यारेजका ढोकाहरु खोल्न आनाकानी गरेको भन्दै आइतबार कयौं युवाहरुले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई सम्झिए । भारतीय हस्तक्षेतबिरुद्द नेपालबन्द गर्दा विप्लवलाई नै तथानाम गाली गर्नेहरुले पनि आज संकटको घडीमा विप्लवलाई कोशी ब्यारेजमा बम बर्साउन आग्रह गरे । 
बिशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आइतबार दिनभर भारतको बिरोध गर्दै नेकपाले पहलकदमी लिनुपर्ने र बाढीपीडितहरुको उद्धार गर्नुपर्ने बताएको चर्चा चलिरहेका बेला पार्टी प्रबक्ता प्रकाण्डले आइतबार नै एक बिज्ञप्ति सार्वजनिक गरेका छन् ।
प्रकाण्डले विज्ञप्ति जारी गर्दै राज्य संचालकहरु उत्तरदायी नभएका कारण जनता असुरक्षित र जोखिमपूर्ण जीवन बाच्न बाध्य भएको बताएको छ । जनताको शासन नभएका कारण अहिलेको अवस्थाको सामना गर्नु परेको भन्दै जनतालाई रातारात राज्यसत्ता चाहिने बताएका छन् ।
सम्पती र भौतिक पूर्वाधारको क्षतिबाट पारिवारीक पीडासँग जुधीरहेका जनताहरुसँग आफ्नो पार्टीको एक्यवद्धता रहेको बताउँदै प्रकाण्डले राहत र उद्दार कार्यमा जुट्न पुनः पार्टी पंक्तिलाई विशेष निर्देशन गरेका छन् ।
देशमा तीनचार दिन अगाडिबाट भइरहेको अविरल वर्षा र त्यसले पु¥याएको क्षितिबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति 
१. विगत केही दिन देखि देशमा भिषण वर्षा भैराखेको छ । उक्त वर्षाका कारण बाढी, पहिरो र डुवानको समस्या आतंकपूर्ण भएको छ । बाढी, पहिरो र डुवानका कारण सुनसरी, सर्लाही, बाँके, सिन्धुली, धनुषा, झापा, मोरङ, पाँचथर, दाङ, वर्दिया, बारा, मकवानपुर, पाल्पा लगायत देशैभरी तीन दर्जन भन्दा बढी नागरिकहरुले ज्यान गुमाई सकेका छन् । सयौंको संख्यामा जनता र हजारौंको संख्यामा गाउँ वस्तिहरु डरलाग्दो गोखिममा छन् । ठूलो संख्यामा धन सम्पति र भौतिक पूर्वाधारहरुको क्षिति भएको छ ।
अतिवृष्टिका कारण ज्यान गुमाउनु हुने नेपाली ज्ञात अज्ञात नागरिकहरु प्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँका आफन्तजनहरुलाई शोकलाई शक्तिमा बदल्न विशेष आग्रह सहित गहिरो समवेदना व्यक्त गर्दछ । सम्पती र भौतिक पूर्वाधारको क्षतिबाट पारिवारीक पीडासंग जुधी रहनु भएका जनताहरुप्रति पार्टी एक्यवद्धता जाहेर गर्दछ । जोखिमीमा रहेका जनताको यथाशक्य उद्धार र पीडितहरुलाई राहत एवं उचित व्यवस्थापन गर्न हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ ।
२. राज्य र त्यसका संचालकहरु जनताप्रति उत्तरदायी नहुदा जनताले आफ्नो आधारभूत आवश्यकताको दैनिक परिपूर्तिका निम्ति प्रति दिन र प्रति घण्टा जोखिमीसंग खेल्न वाध्य हुनु परेको छ । जनताको वास असुरक्षित एवं जोखिमीपूर्ण छ, जनता भोकै, नाङ्गै बाँच्न विवस छन । शिक्षा, स्वास्थ्य र रोजगारी एकादेशको कथा भएको छ भन्ने कुरा शासकहरुले नदेख्दा र नसुन्दा प्राकृतिक विपत्ती आउदा अकल्पनीय धन जनको क्षिति देशले बेहेर्नु पर्छ । वडो विडम्वना विकशित राष्ट्रहरु समुन्द्रमाथि वस्ती वसाउछन, नेपालमा जनता वसेको वस्ती डुवानमा परेर जनता मर्छ । राज्य र शासकहरु जनताका नहुनु यसको मुल कारण हो । यसर्थ अब नेपाली जनतालाई आफ्नो राज्यसत्ता र शासन व्यवस्था रातारात चाहिन्छ ।
३. यो विपतको घडीमा पीडित जनताहरुको उद्धार र राहतको कार्यमा सक्रियता र दृढतापूर्वक लाग्न सिङ्गो पार्टी पंक्तिलाई पार्टी केन्द्रीय कार्यालय विशेष निर्देशन गर्दछ ।
धन्यवाद !
प्रकाण्ड
प्रवक्ता
२९ साउन ०७४
आइतबार
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: