हँसिया हथौडामा भोट नदिने कांग्रेसलाई कारवाही गर्छु - देउवा
Powered by Blogger.
हँसिया हथौडामा भोट नदिने कांग्रेसलाई कारवाही गर्छु - देउवा


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा मुग्लिन नारायणघाट सडकको निरक्षणमा पुगेका बेला सडक निरक्षण सहित माओवादी केन्द्रकी उम्मेद्धार रेणु दाहाललाई भोट मागे सो बासिन्दालाई भोट मागेका छन् । भरतपुर पुगेका देउवाले  बुधबार मुग्लिन नारायणघाट सडक खण्डको अवलोकन निरक्षणमा कांग्रेसका कार्यकर्ताहरुलाई भोट हँसिया हतौडामा हाल्न निर्देशन गरेका थिए । 

भरतपुर महानगरपालिका वडा नं १९ मा साउन २० गते  निर्वाचन हुँदैछ । सडक खण्डको अवलोकन निरक्षणमा  गर्न पुगेका देउवा त्यहाँ पुग्दा निर्वाचनको माहोल शुन्य थियो । माहोल शुन्यको बेलामा उनले चितवन कांग्रेसका नेता कार्यकर्तालाई भेटघाटका लागि बोलाएर चुनाबमा भोट हँसिया हतौडामा गर्न आग्रह गरेका हुन् ।

देउवाले ४५ मिनेटको छलफलमा माओवादी उम्मेद्धार रणु दाहाललाई जिताउन कांग्रेस नेता कार्यकर्तालाई प्रचार गर्न आग्रह गरेका थिए । देउवाले भने - गठबन्धनबिरुद्ध मत हाल्दैन, उसका नाम टिपेर म कहाँ पठाउनु, देउवाले भने पार्टी निर्देशन नमान्ने कांग्रेस कार्यकर्ता हुँदैन,त्यसैले  म त्यस्ता कार्यकतालाई  कारवाही गर्छु अवश्य गर्ने छु ।

केहि  समय अगाडी मात्र माओवादीका कारणले हाम्रो शान खस्किएको थियो, त्यस्ता उम्मेवारको पक्षलाई       जिताएर राम्रो नहुने कुरा  चितवनका कांग्रेस नेता कार्यकर्ताले बताए । तर  देउवाले भने जे गल्ति हुनुथियो भइसक्यो, अब गठबन्धनको उम्मेद्धारलाई नजिताए अर्को गल्ति हुन्छ । देउवाले कांग्रेस नेता कार्यकर्तालाई अघिल्लो पटक भएको गल्ति नदोहरयाउने चेतावनी दिएको  स्रोतले बताएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेपछि प्रधानमन्त्री देउवा मुग्लिन नारायणघाट सडक खण्डको अवलोकन गर्ने बहाना बनाएर आफ्नो  मकसद रेणुका पक्षमा भोट माग्नका लागि त्यहाँ पुर्याएका थिए ।


Published Date : Thursday, August 3, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...