ज्योति विकास बैंकको विशेष साधारण सभा किन भयो एकाएक स्थगित ?
Powered by Blogger.
ज्योति विकास बैंकको विशेष साधारण सभा किन भयो एकाएक स्थगित ?


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - ज्योति विकास बैंकको आइतबार बस्ने भनिएको विशेष साधारण सभा स्थगित भएको छ । बैंकका संचालकहरु गोकर्ण खतिवडा र मोहनबहादुर बस्नेतले सञ्चालकहरुको संख्या र पदावधि सम्बन्धमा बैंक विरुद्ध पाटन अदालतमा मुद्दा दायर गरेपछि विशेष साधारण सभा रोकिएको हो । सञ्चालकले दायर गरेको मुद्दापछि पाटन अदालतले विशेष साधारणमा गरिएको प्रस्तावहरुमा निर्णय नगर्नू भनेर बिहीबार अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि विशेष साधारण सभा गर्न व्यावहारिक कठिनाई भएको भन्दै बैंकले अर्को आदेश नभएसम्म विशेष साधारण सभा स्थगित भएको जनाएको छ । सभाबाट राप्तीभेरी विकास बैंकलाई एक्वायर गर्न स्वीकृति लिने विशेष प्रस्ताव राखिएको थियो ।


Published Date : Sunday, August 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...