उच्च अदालतको आदेशपछी ज्योतिको विशेष साधारणसभा स्थगित !

\
काठमाडौँ - ज्योति बिकास बैंकको विशेष साधारणसभा स्थगित भएको छ । बैंकका संचालकद्वय गोकर्ण खतिवडा र मोहन बहादुर बस्नेतले बैंक र नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाइ उच्च अदालत पाटनमा संख्या र पदावधी सम्बन्धमा दायर गरेको उत्प्रेषण परामदेश मुद्धामा उच्च अदालत पाटनबाट विशेष साधारण सभामा छलफल गर्न तोकिएको प्रस्तावहरुमा निर्णय नगर्नु भनी भन्ने अन्तरिम आदेश आएपछी बैंकको विशेष साधारण सभा रोकिएको हो ।

बैंकले अर्को आदेश जारी नहुन्जेलसम्मका लागि भन्दै विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो सुचना दिएको हो । 
प्रकाशित : Saturday, August 12, 2017
Loading...

recent

Popular Posts