×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिप बस्नेत सदस्य भएको कर फछ्र्यौट आयोगले पनि दिएको थियो अरवौंको कर छुट, छानविन होला त ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ श्रावण २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

दिप बस्नेत सदस्य भएको कर फछ्र्यौट आयोगले पनि दिएको थियो अरवौंको कर छुट, छानविन होला त ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अहिले कर फछ्र्यौट आयोग र यसले गरेका कामहरु चर्चामा छन् । विभिन्न कम्पनीलाई कर छुट दिईएको भन्दै चर्को आलोचना भइरहेको छ । हालका अख्तियार प्रमुखसमेत रहेका दीप बस्न्यातको अगुवाईमा यस प्रकरण अगाडी बढेको छ । तर खास कुरा के छ भने २०६३ मा गठित कर फछ्र्यौट आयोगले पनि तत्कालीन समयमा अरवौंको कर छुट दिएको थियो । र हालका अख्तियार प्रमुखसमेत रहेका दीप बस्न्यातसमेत त्यतिबेलाको आयोगका सदस्य थिए । आयोगको औचित्यतामाथि नै प्रश्न उठेका बेला यसअघि विभिन्न समयमा गठन भएका आयोगका बारेमा पनि चर्चा चल्न थालेको छ । 
२०६३ मा पनि दिईएको थियो अरवौंको छुट ! हालका अख्तियार प्रमुख नै थिए सदस्य !
हालका अख्तियार प्रमुखसमेत रहेका दीप बस्न्यातसमेत सदस्य रहेको यसअघिको कर फर्छ्योट आयोगले समेत अरवौंको कर छुट दिएको थियो । उक्त आयोग २०६३ मा गठन हुँदा हालका अख्तियार प्रमुख दीप बस्नेत सो समितीमा सदस्य सचिव रहँदा उक्त आयोगलेसमेत ठुलो रकम भ्याट छुट दिएको थियो । सो समयमा झन्डै १ सय १६ कम्पनीले कर छुट पाएका थिए । त्यसमध्ये आधाजसो कम्पनीले भ्याट छुट पाएको जानकारहरु बताउँछन् । हालका अख्तियारका प्रमुख आयुक्त बस्नेतसमेत सदस्य रहेको उक्त आयोगले कश्मा टेडस प्रालि, त्रिवेणी सिन्थ्टिक इर्न प्रा.लि, राम्चे ट्रेडर्स सिन्धुपाल्चोक लगायतका कम्पनीलाई मोटो रकम छुट दिएको थियो । स्रोतले दिएको जानकारी अनुसार ०६३ को आयोगले २५ अर्व कर्मध्ये ४ अर्व उठाएर बाँकी छुट दिएको थियो ।

विधि र ऐन एउटै, तर कसैलाई पक्रने, कसैले पक्रन लगाउने !
‘२०६३ मा गठन भएको आयोग र अहिले विवादमा आएको आयोग उही ऐनबाट बनेको हो । त्यतिबेला पनि अरवौंको कर छुट दिईएकै थियो । त्यतिबेला पनि भ्याट मिनाहा भएकै हो । तर अहिलेको आयोगका सदस्यलाई पक्राउ गर्ने र उबेलाका सदस्य अख्तियार प्रमुख हुने भन्ने कुरा जायज छैन । यदी आयोगनै गलत थियो भने त्यतिबेला गठित भएको आयोगका सदस्यलाई किन कारवाही नगर्ने ? त्यतिबेलाका फाइल किन नखोल्ने ? दीप बस्नेतसमेत सदस्य रहेको त्यतिबेलाको फाइल अव कसले खोल्ने ? प्रश्नहरु अनेकौं छन् । नत्र त अहिलेका आयोगका सदस्यहरुलाई रिसीईवी लिनकै लागि यो सब गरेको जस्तो देखिईहाल्यो नि !’ दीप बस्नेत निकट स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । यसले हालका अख्तियार प्रमुखपनि त्यतिबेलाको आयोगमा रहंदा कर छुट दिने मामलामा अछुतो थिएनन् भन्ने शंका उत्पन्न भएको छ ।  
फाइल खोल्ने हो भने दीप बस्नेत अछुतो होलान् ?
अहिले कर फछ्र्यौट आयोग विवादको चरम उत्कर्षमा छ । २०६३ सालमा पनि कर छुट दिईएको थियो भने त्यतिबेलाका सदस्य र हालका अख्तियार प्रमुखसमेत रहेका दीप बस्नेतचाहिं अछुतो थिए होलान् त भन्ने प्रश्न उठेको छ । ‘त्यतिबेला दीप बस्नेत सदस्य भएको आयोगले पनि अरवौं रुपैयाँ छुट दिईएको छ । उ बेला आफु खाने अनि अहिले आफुले खान नपाएको झोकमा अरुलाई बलिको बोको बनाउने ?’ आन्तरिक राजश्व विभागकै एक उच्च तहका कर्मचारी भन्छन्, ‘कारवाही गरे सबैलाई गर्नुपर्यो । आयोग गलत थियो भने पहिलाको पनि गलत थियो । राज्यमाथि लुट मच्चाउनेलाई कारवाही गर्नुपर्छ । त्यसमा कुनै शंका छैन । तर एकोहोरो रुपमा चुडामणि शर्मा लगायतकालाई मात्र कारवाहीको दायरामा ल्याउन खोज्नु गलत हो । जुनसुकै बेला भएपनि गलत गर्ने हरेक  व्यक्ति कानुनी कठघरामा उभीनुपर्छ ।’  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: