यो कस्तो नियम ? राहत लिन जाँदा ५० रुपैयाँ तिर्नुपर्ने ! के हेर्दैछ सरकार ?
Powered by Blogger.
यो कस्तो नियम ? राहत लिन जाँदा ५० रुपैयाँ तिर्नुपर्ने ! के हेर्दैछ सरकार ?



विराटनगर महानगरपालिका–४, पुल्चोकका ३५ वार्षीय सन्तोष उराव र ४० वर्षीय घनश्याम मलाहा राहतको चामल लिन अरु बाढीपीडितसँगै लाइनमा बसे। 

अगाडि रहेकाहरुले प्रतिपरिवार ३० किलो चामल पाइरहेका थिए। उनीहरुले चामल पाएवापत वितरण गर्नेलाई ५० रुपैयाँसमेत बुझाउँदै थिए। 

सन्तोष र घनश्यामले पनि चामल लिने पालो पाए। तर, ५० रुपैयाँ तिर्न नसक्दा उनीहरुले तत्काल राहत पाएनन्। ‘राहत दिने भनेर बोलाइयो, तर ५० रुपैयाँ तिर्नुपर्छ भनेर भने,’ सन्तोषले भने, ‘५० रुपैयाँ छैन भन्दा चामलै दिइएन। 

राहत पनि बाढीपीडितसँगै पैसा लिएर वितरण गर्ने गरेको पाइयो ।’ ५० रुपैयाँ खोजेर ल्याएपछि मात्रै चामल पाएको उनले सुनाए । यो खबर आजको अन्नपूर्ण पोष्टमा खबर छ।

बाढीले सबै कुरा बगाएपछि हरिबिजोग भएको सुनाउँदै घनश्यामले भने, ‘हामीसँग ५० रुपैयाँ कहाँबाट हुन्थ्यो ? घरमा भएको पैसासमेत बाढीले बगाउँदा साथमका केही पनि रहेन। छोराछोरी र परिवारका अन्य सदस्य भोकभोकै रहने अवस्था आउपछि ऋण खोजेर भएपनि चामल लिइयो।’

प्रकाशित मिति : Monday, August 21, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...