कामना र सेवा विकास बैंकको आजदेखि सुरु भयो एकीकृत कारोबार
Powered by Blogger.
कामना र सेवा विकास बैंकको आजदेखि सुरु भयो एकीकृत कारोबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - कामना विकास बैंक र सेवा विकास बैंकको शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको छ । यी दुई बैंक मर्ज भएर ‘कामना सेवा विकास बैंक’ बनेको छ । १ः१ अनुपातमा दुवै बैंक मर्ज भएका हुन् । यी बैंकलाई राष्ट्र बैकले असार २० र कम्पनी रजिष्ट्रारको कार्यालयले साउन ११ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको थियो ।  राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै यी दुई बैंक मर्जमा गएका हुन् । 

दुवै बैंकको गत जेठ २५ गते भएको विशेष साधारण सभाले १ः१ अनुपातमा स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गरेका थिए । मर्जपछि अब बैंकको केन्द्रीय कार्यालय पोखरा लेखनाथ–८ सिर्जनाचोकमा राखिएको छ । सेवा विकास बैंकको केन्द्रीय कार्यालय  रहेको बुटवल अब कामना सेवा विकास बैंकको शाखा कायम गरिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कामना विकास बैंकको चुक्ता पुँजी ८० करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको थियो । कामनाले असार ११ देखि साउन १५ गतेसम्म २४ लाख १३ हजार १३७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद बिक्रीपछि भने कामनाको मात्रै चुक्ता पुँजी १ अर्ब ४ करोड ५६ लाख ९२ हजार ९६०।९५ पैसा पुगेको थियो । यस्तै सेवा विकास बैंकको पनि गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९४ करोड १८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी थियो । 


Published Date : Friday, August 4, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...