एनआईसी एशिया बैंकका सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश !
Powered by Blogger.
एनआईसी एशिया बैंकका सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश !


काठमाडौं - एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश रहने छ ।

आर्थिक बर्ष २०७३/७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वाषिर्क साधारण सभाको स्वीकृति पश्चात सञ्चालक समितिले यो निर्णय गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।


Published Date : Friday, August 11, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...