राष्ट्र बैंकको सर्कुलरको उल्टो व्याख्या, अधिकांस मिडियाले पनि गलत बुझाए, खास तथ्य यस्तो !
Powered by Blogger.
राष्ट्र बैंकको सर्कुलरको उल्टो व्याख्या, अधिकांस मिडियाले पनि गलत बुझाए, खास तथ्य यस्तो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो सर्कुलरको अधिकांसले गलत व्याख्या गरेका छन् ।सञ्चालक, स्वतन्त्र सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता तोकेको कुरालाई लिएर अधिकांसले गलत व्याख्या गरेका हुन् । यो गलत व्याख्यालाई धेरै मिडियाहरुले पनि समर्थन गरिदिंदा अधिकांस भ्रममा छन् ।राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीको प्रमुख अर्थात सीइओ हुन सर्कुलरमा उल्लेखित भएको (अ) नम्बरको बुँदा वा (आ) नम्बरको बुँदा मध्ये एक हुनुपर्ने भन्दै भ्रम छरिएको छ । धेरै मिडियाहरुले पनि यहि भ्रम छरेका छन् ।

तर सत्यचाहिं नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार (अ) नम्बर र (आ) नम्बरको दुवै बुँदाअनुसार योग्य भएपछि मात्र सीइओ हुन पाइन्छ । राष्ट्र बैंकले ल्याएको सर्कुलरलाई स्पष्ट रुपमा बुझ्दा अव सर्कुलरमा तोकिएका विषयहरुमा मास्टर्स सकेको व्यक्ति र सर्कुलरमा तोकिएका विषयहरुमा स्नातक सकेर अधिकृत तहमा १० बर्ष कार्यानुभव भएको व्यक्तिमात्र सीइओ बन्न पाउँछ ।

अझ राष्ट्र बैंकको नियमलाई छोटोमा बुझ्नुपर्दा, 'राष्ट्र बैंकले उल्लेख गरेका विषयमा स्नातक पास भएर अधिकृत तह वा सो भन्दा माथिल्लो तहमा १० बर्ष काम गरी माष्टर्स समेत पास गरेको व्यक्तिले मात्र सीइओं हुन पाउने नियम नेपाल राष्ट्र बैंकले ल्याएको छ ।

उदाहरणका लागि कोहि व्यक्तिले स्नातक दोश्रो बर्षमै अधिकृत तहमा काम गरेको छ भने उसको कार्यानुभव गनिने छैन । सनातक सकेर अधिकृत वा सो भन्दा माथिको तहको कार्यानुभव भएको र माष्टर्स समेत पास गरेको व्यक्तिमात्र अव वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीको सीइओ हुन पाउँछ ।

तर अधिकांस मिडियाले माष्टर्स गरेको वा स्नातक गरी १० बर्ष अनुभव भएकाहरुले सीइओ बन्न पाउने भन्दै भ्रामक समाचार सम्प्रेषण गरेका छन् ।

राष्ट्र बैंकले परिपत्र गर्दै सीइओहरुको योग्यता तोकेको विषयमा सीइओ बन्न वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुख बन्न अब व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ भनिएको छ । यो संगै (यो वा त्यो भन्ने होइन) योग्यतासंगै र्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश बर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ ।

राष्ट्र बैंकले जारी गरेको यस्तो सर्कुलर संगै आधा दर्जन बढी सीइओहरुको जागिर जाने भएको छ । सिए भएकै भरमा माष्टर्स नगरेका र अनुभव बर्षसमेत नपुगेका करिव आधा दर्जन सीइओहरुको जागिर जाने भएको हो । राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार सिए पास गरेकै भरमा पाएको समकक्षताले मान्यता पाउने छैन । अहिले सिए र बिबिएस पास गरेको खण्डमा मास्टर्सको समकक्षता टियुले दिने गरेको छ ।

यो पनि पढ्नुहोस् 




Published Date : Friday, August 4, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...