पदभार सम्हालेसंगै रेणु दाहालले लिइन यस्तो निर्णय, महिला र बृद्धबृद्धा खुसी !
Powered by Blogger.
पदभार सम्हालेसंगै रेणु दाहालले लिइन यस्तो निर्णय, महिला र बृद्धबृद्धा खुसी !

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले पदभार सम्हाले लगत्तै महिलामैत्री निर्णय लिएकी छन् । दाहालको पहिलाे निर्णयबाट भरतपुरबासी खुसी भएका छन् ।

शनिबार भरतपुर महानगरकाे पहिलो मेयर बनेकी दाहालले भरतपुरका महिला र ६० वर्ष नागेका पुरूषहरूका लागि अाेपीडि सेवा निशुल्क गर्ने निर्णय गरेकी छिन् ।

आर्थिक अभावले उपचारमा समस्या कसैले पनि भोग्न नपरोस् भन्दै आन्तरिक स्रोतबाट वार्षिक ५९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको महानगरपालिकाले बताएको छ ।

भरतपुर अस्पतालमा वार्षिक १ लाख ९८ हजार जनाले बहिरंग सेवा लिने गरेको अनुमान छ । हाल भरतपुर अस्पतालमा बहिरंग बिरामी दर्ता ३० रुपैयाँ लिने गरिन्छ।

प्रकाशित मिति : Monday, August 7, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...