जहाँ टर्च बालेर सुत्केरीको उपचार गरिन्छ
Powered by Blogger.
जहाँ टर्च बालेर सुत्केरीको उपचार गरिन्छ

सल्यान - दार्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ ।

रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।

युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या थपिएको खबर आजको कान्तिपुरमा छ ।

विद्युत नहुँदाको प्रभाव विशेष गरी प्रसूतिसेवा र खोप भण्डारणमा देखिन्छ ।

अनमी झरना ओलीले रातको समयमा प्रसूतिका लागि ल्याइएकालाई टर्च बालेर उपचार गर्नुपरेको बताइन् ।

'बत्ती अभावमा उपकरण चलाउन समस्या छ' उनले भनिन्, 'सुत्केरी हुन आएका महिलाका आफन्तले ल्याएका टर्च प्रयोग गरी सेवा दिइरहेका छौं ।'

प्रकाशित मिति : Thursday, August 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...