एक वर्षको नाफा १३ प्रतिशतले बढ्यो, सिद्धार्थ बैंकले कमायो १ अर्ब ४१ करोड
Powered by Blogger.
एक वर्षको नाफा १३ प्रतिशतले बढ्यो, सिद्धार्थ बैंकले कमायो १ अर्ब ४१ करोड


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - सिद्धार्थ बैंकले गत वर्ष १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो । यो बैंकले नाफा गत आव २०७२/७३ वर्षको तुलनामा १३ प्रतिशतले बढी भएको छ। एक वर्षमा १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १६ अर्ब ३० करोड रुपैयाँले बढेको हो।

यो बैंकले हालसम्म ११ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको यस बैंकले ३ अर्ब २८ करोड रुपैयाँ गत असार मसान्तसम्ममा संचित कोषमा जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ छ। बैंकले असार मसान्तसम्ममा  ६६ अर्ब ६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ भने निक्षेप संकलन ७७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरेको छ ।

बैकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा रहेको छ । यो बैंकको सीडी रेसियो ७६ दशमवल ७१ प्रतिशत रहेको छ। यसको प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ ५४ पैसा रहेको छ । बैंकको खराब कर्जा अनुपात १ दशमलव १५ प्रतिशत रहेको छ।


प्रकाशित मिति : Tuesday, August 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...