×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एयरपोर्टका ट्याक्सीको ठगि धन्दा रोक्न ट्राफिक प्रमुख खनालले चाले यस्तो कदम

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ श्रावण २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

एयरपोर्टका ट्याक्सीको ठगि धन्दा रोक्न ट्राफिक प्रमुख खनालले चाले यस्तो कदम


काठमाडौं । बिदेशबाट नेपाल आउने र नेपालबाट बिदेश जाने नेपाली तथा बिदेशीलाई चर्को भाडा लिएर ठगी गर्दै आइरहेका एयरपोर्टका ट्याक्सी कारबाहीमा पर्ने भएका छन्। 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द खनालले सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न एयरपोर्टको ट्याक्सीबाट सुरुवात गरिएको बताएका छन् ।
सोमबार संसदको विकास समिति बैठकमा बोल्दै खनालले बिलिङ मिटर जडान नगर्ने ट्याक्सीलाई पनि कारवाही थालिएको बताए । उनले उपत्याकाका विभिन्न ५२ स्थानमा ट्याक्सीका लागि पार्किङ लट तोकेको बताए । 
मिटरमा नचल्ने ट्याक्सीमाथि कारवाही सुरु गरिएको बताउंदै खनालले उपत्यकामा चल्ने ९ हजारमध्ये ३ हजार ट्याक्सीले अझै बिलिङ मेसिन नजोडेको र तिनीहरुबाटै ठगी बढी भइरहेको बताए ।
काठमाडौंको ट्राफिक ब्यवस्थामा छिट्टै सुधार गर्ने दावी गर्दै खनालले अहिले एयरपोर्टको प्रिपेट ट्याक्सीहरुले विदेशबाट फर्किएकाहरुलाई निकै ठग्ने गरेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: