×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला भलिबललाई ‘ठग’ सिमेन्टको सहयोग !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ भाद्र २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

महिला भलिबललाई ‘ठग’ सिमेन्टको सहयोग !

काठमाडौँ – कम तौल भएको सिमेन्ट बेचेर बजारमा दादागिरी देखाउने र पैसा र पावरका भरमा कारवाही रोक्ने ‘ठग’ सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सह–प्रायोजकको रुपमा सहयोग गर्ने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २३ गतेदेखि सुरु हुने प्रतियोगितामा यो ठग सिमेन्ट ‘शिवम् सिमेन्ट’ले सह–प्रायोजन गर्न लागेको हो ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र जनता ठगेर मोटाउन पल्केको कम्पनी शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयलले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार जनतामारा यो ठग सिमेन्ट शिवम् सिमेन्टका तर्फबाट आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानलाई नगद ३ लाख रुपैयाँ उपलब्ध गराउने छ । साथै प्रतियोगिता अवधिभर कार्यक्रम स्थलमा ब्यानर, होडिङ बोर्ड तथा तुललगायतका खर्च पनि यहि जनता ठग्ने शिवम् सिमेन्टले बेहोर्ने छ ।
प्रतियोगिताको अनुमानित बजेट १२ लाख रहेको जनाइएको छ । प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने छ ।
यो छुटाउनु भयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: