×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनकपुरको सडकमै बेहोस भए कांग्रेस नेता विमलेन्द्र निधि

PRIME CA

जनकपुरको सडकमै बेहोस भए कांग्रेस नेता विमलेन्द्र निधि

अर्थ सरोकार

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहीबार

काठमाडौं – २ नम्वर प्रदेशको निर्वाचनमा होम्मिएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सडकमै बेहोस भएका छन् । भोट माग्न रोड शो गरिरहेका बेला उनी एक्कासी बेहोस भएका थिए । विहीबार जनकपुरमा रोड शोको अगुवाई गर्दै निधि हिडिरहेका बेला बेहोस भएका छन् । अत्यधिक गर्मी र उच्च रक्तचापका कारण उनी बेहोस भएको डाक्टरले जनाएका छन् ।
रोड शो गरिरहेका बेला चक्कर लागेर ढल्न खोजेपछि कार्यकर्ताले उनलाई समालेका थिए । तत्कालै उनलाई अन्चल अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल पुगेपछि उनको अवस्था सामान्य बनेको छ । अस्पतालबाट निस्केर निधि अस्पताल नजिकैको सीता प्यालेश होटलमा आराम गरिरहेका छन् । विगत एक महिनादेखि निधि २ नम्वर प्रदेशमा खट्टिएका छन् । रातदिन चुनावी सभामा माग लिने गरेका निधि पछिल्लो समय मानसिक तनावमा पनि परेका छन् । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: