देउवाको कोपभाजनमा परेका नवराज सिलवाल अब अक्सफोर्डका बिद्यार्थी
Powered by Blogger.
देउवाको कोपभाजनमा परेका नवराज सिलवाल अब अक्सफोर्डका बिद्यार्थी

काठमाडौं - राजनीति र कानुनी दाउपेजको कोपभाजनमा परेरे पदबाट राजीनामा दिएका डीआइजी नवराज सिलवाल अक्सफर्ड युनिर्भसिटीको बिद्यार्थी हुने भएका छन् । पहिलो वरियताका डीआइजी सिलवाल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कोपभाजनमा परे । सत्ताको दाउपेजमा परेका सिलवालले कानुनी लडाई पनि हारे ।

राजनीतिको चक्रब्यूहमा फेसका डीआइजी सिलवाल नेपाल प्रहरीको आइजीपी बन्न सकेनन् । आइजिपी बन्न नसकेपछि उनले २९ बर्षे प्रहरी संगठनको जागिर छोडे र अक्सफर्ड युनिर्भसिटीमा भर्ना हुने निर्णय लिए् । उनी केही समयमै अक्सफोर्डतिर जाने तयारी गर्दैछन् ।

सेन्ट म्यारीका पटर हुन् सिलवाल । प्रहरी संगठनमा आफ्नो क्षमता प्रर्दशन गरेका सिलवालले फेरी बिद्यार्थी हुने निर्णय लिएका छन् । सर्वाेच्च अदालतले सरकारका पक्षमा निर्णय दिएकै दिन उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । बुधवार उनले आफ्नो राजीनामा प्रहरी प्रधान कार्यालयमा पठाएका छन् ।

प्रहरी संगठनबाट अलग भएको घोषणा गर्दा सिलवालले समाजसेवामा लाग्ने अठोट गरेका थिए । तर अक्सफोर्डमा उनी के र कस्तो बिषयमा अध्ययन गर्दैछन् त्यो भने उनले खुलाएका छैनन् । - एस काठमाडौँ 


Published Date : Thursday, September 14, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...