एभरेष्ट बैंकको भदौ २५ देखि २ लाख ५३ हजार कित्ता सेयर लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - भदौ २५ गतेदेखि एभरेष्ट बैंकको सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा आउदै छ । १०० रुपैयाँलाई न्यूनतम आधार मानेर लगानीकर्ताले त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद भने असोज १ गतेसम्म छ । 

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत एभरेष्ट बैंकले गएको असार १८ देखि साउन २२ गतेसम्म १ करोड ५० लाख ८८ हजार ८७ कित्ता (३३%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ३२ हजार ७९८ जना सेयरधनीले १ करोड ४८ लाख ३४ हजार २९० कित्ता हकप्रद सेयरमा आवेदन दिएका थिए । २ लाख ५३ हजार ७९७ कित्ता सेयर भने बिक्री हुन सकेन । सोही बिक्री नभएको सेयर बैंकले लिलामीमा ल्याएको हो ।

आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौँ आइपुग्नेगरी फारम बुझाउनुपर्नेछ । बोलपत्र असोज २ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा खोलिनेछ । 
प्रकाशित : Sunday, September 03, 2017
Loading...

recent

Popular Posts