गुडविल फाइनान्सको आइतबारदेखि हकप्रद बाँडफाँटमा नपरेको पैसाफिर्ता गर्दै
Powered by Blogger.
गुडविल फाइनान्सको आइतबारदेखि हकप्रद बाँडफाँटमा नपरेको पैसाफिर्ता गर्दै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - भदौ २३ गतेदेखि गुडविल फाइनान्सले हकप्रद सेयरमा हकभन्दा बढी आवेदन दिनेको पैसा फिर्ता गर्ने भएको छ । फाइनान्सले ६०% हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला केहीले आफूले पाउनेभन्दा बढी कित्ताका लागि आवेदन दिएका थिए । सोही हकभन्दा बढी आवेदन दिनेको पैसा आइतबारदेखि फिर्ता दिन लागिएको हो । 

सेयरधनीले आफूले आवेदन बुझाएको संकलन केन्द्रमा गएर चेक लिनुपर्नेछ । पैसा फिर्ता लिन जाँदा दरखास्त फारमको अर्धकट्टी र नागरिकताको प्रमाणपत्र अनिवार्यरुपमा पेश गर्नुपर्ने हुन्छ । आवेदक आफैं उपस्थित हुन नसकेमा सेयरधनीको मञ्जुरीनामा लिएर जाने व्यक्तिले दराखस्त फारमको अर्धकट्टी र सेयरधनीको नागरिकताको प्रमाणपत्रका साथै आफ्नो परिचयपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । 

यस फाइनान्सले असार १८ देखि साउन २२ गतेसम्म २७ लाख २२ हजार ५०० कित्ता हकप्रद खुला गरेको थियो । जसमा २ हजार ८३५ जना सेयरधनीले २६ लाख ४० हजार ७७५ कित्ता सेयरमा आवेदन दिएका थिए । बाँकी ८१ हजार ७२५ कित्ता हकप्रद सेयर भने बिक्री भएन । बिक्री नभएको सेयर अब फाइान्सले लिलामीमा ल्याउने छ । 

हाल यस फाइनान्सको चुक्ता पुँजी ५८ करोड १६ लाख ६५ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामी बिक्रीपछि भने गुडविलको चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ हुनेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ९ करोड ६० लाख ७४ हजार रुपैयाँ खुँद नाफा कमाएको छ । गुडविलको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ५० पैसा छ ।


Published Date : Friday, September 8, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...