किसान माइक्रोफाइनान्सको असोज ४ देखि हकप्रद आउँदै, यी ठाउँबाट आवेदन दिने सकिन्छ
Powered by Blogger.
किसान माइक्रोफाइनान्सको असोज ४ देखि हकप्रद आउँदै, यी ठाउँबाट आवेदन दिने सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - असोज ४ गतेदेखि किसान माइक्रोफाइनान्सको २४.२२% हकप्रद सेयर  खुल्ने भएको छ । संस्थाले १००ः२४.२२ अनुपातमा ७८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद भर्ने अन्तिम म्याद भने कात्तिक ७ गते तोकिएको छ । हाल किसानको चुक्ता पुँजी ३ करोड २२ लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि यसको चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ करोड ४३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी वार्षिक ४४ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८ पैसा छ ।

आवेदन दिने ठाउँ 
लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सीटीसी मल सुन्धारा तथा सिभिल बैंकका विराटनगर, वीरगंज, नारायणगढ, पोखरा, बुटवल र नेपालगंज शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, किसान माइक्रोफाइनान्सको कन्द्रीय तथ सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ ।

प्रकाशित मिति : Sunday, September 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...