लुम्बिनी जनरल इन्सुरेन्सको ४२ हजार ८१५ कित्ता सेयर आजदेखि लिलामीमा
Powered by Blogger.
लुम्बिनी जनरल इन्सुरेन्सको ४२ हजार ८१५ कित्ता सेयर आजदेखि लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - लुम्बिनी जनरल इन्सुरेन्सको बुधबारदेखि ४२ हजार ८१५ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । सर्वसाधारण समूहको यो लिलामी सेयर असोज ६ गतेसम्म भर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल डिल्लीबजार, काठमाडौंमा पुग्ने गरी बोलपत्र फारम भर्नुपर्नेछ । यसअघि कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म ३९ लाख (१००%) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यतिबेला नबिकेको सर्वसाधारण समूहको बाँकी सेयर अहिलले लिलामीमा ल्याइएको हो । मंगलबार यस कम्पनीको बजार मूल्य ९०० रुपैयाँ रहेको छ । 

बोलपत्र असोज ६ गते दिउसो ४ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँ छ । लिलामी बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा लुम्बिनीले १९ करोड ९ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ४४ पैसा छ ।


Published Date : Wednesday, September 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...