×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री देउवाको राष्ट्रघाती सम्झौताबिरुद्ध कम्युनिष्ट पार्टीको प्रदर्शन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री देउवाको राष्ट्रघाती सम्झौताबिरुद्ध कम्युनिष्ट पार्टीको प्रदर्शन

धनकुटा – नेपाल कम्युनिस्ट पार्टीले सप्तकोशी उच्च वाँध सम्झौताको बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा जारी गरिएको संयुक्त बिज्ञप्तीको २८ नम्बर वुँदामा ‘सप्तकोशी उच्च वाँध र सुनकोशी डाइभर्सन निर्माण गर्न दुवै सरकारले तिव्रता दिने’ उल्लेख छ ।
सम्झौताको बिरोधमा धनकुटासहित पूर्वका बिभिन्न जिल्लामा पर्चा बाढेर जनतालाई जानकारी गराउँने काम जारी राखिएको नेकपाले जनाएको छ । नेकपाले यो संझौतालाई राष्ट्रघातको संज्ञा दिदै पूर्वी पहाडी जिल्लालाई तालमा परिणत गराएर भारतमा पानी र बिधुत लैजाने भारतीय योजना पुरा गर्न खोजिएको उल्लेख गरेको छ ।
उच्च वाँध निर्माण हुँदा नेपालमा डुवान, बिस्थापन, जोखिम र क्षति ब्यहोर्नु पर्ने भन्दै नेकपाले उयसबाट भारतले बाढी नियन्त्रण, सिंचाई, खानेपानी र बिधुत उत्पादन गरी एकलौटी फाईदा उठाउन लागेको दाबी गरेको छ । उच्च वाँधका कारण नेपाली भूमिमा भारतीय सेना परेड खेल्न वाटो खुल्ने र नेपाल बिस्तारै सिक्किमिकरण हुन्ने भएकाले सम्झौताको बिरोधमा उत्रन नेकपाले सवैमा आवहन पनि गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भारत भ्रमणका क्रममा सप्तकोशी उच्च वाँध सम्बन्धी ‘राष्ट्रघाती’ सम्झौता गरेको भन्दै नेकपाले त्यसको बिरोध गर्दै आएको छ । सम्झौता खारेजको माग गर्दै भदौ २२ गते धरानमा जनप्रदर्शन तथा बिरोध सभासमेत आयोजना गरिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: