युनाइटेड फाइनान्सको १९% बोनस सेयर दिने
Powered by Blogger.
युनाइटेड फाइनान्सको १९% बोनस सेयर दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - युनाइटेड फाइनान्सले चुक्ता पुँजीको १९% बोनस सेयर दिने भएको छ । यसमा लाग्ने कर तिर्न भने सम्बन्धित सेयरधनीबाटै पैसा उठाउने कम्पनीले निर्णय गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले भारतको कोचिमा प्रधान कार्यालय रहेको मुथहुट फाइनान्सलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याउने निर्णय पनि गरेको छ । 

युनाइटेडले मुथहुट फाइनान्सलाई संस्थापक सेयरधनी अन्तर्गत रहने गरी प्रस्तावित बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको न्यूनतम २०% थप पुँजी लगानी गर्नुपर्ने प्रावधान गरेको छ । कम्पनीले न्यूनतम १०० रुपैयाँ प्रतिकित्ता नघट्ने गरी २१ लाख कित्ता थप पुँजी लगानीको रुपमा स्वीकार गर्ने निर्णय गरेको हो । युनाइटेड फाइनान्सको हाल चुक्ता पुँजी ६७ करोड २७ लाख ५ हजार रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ११ करोड ६९ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६५ पैसा छ ।


प्रकाशित मिति : Tuesday, September 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...