फोकस नेपालद्वारा टिभी टुडे टेलिभिजनकर्मी सम्मानित
Powered by Blogger.
फोकस नेपालद्वारा टिभी टुडे टेलिभिजनकर्मी सम्मानित

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- टिभी टुडे टेलिभिजनकर्मी बिराज पन्त सम्मानित भएका छन् । फोकस नेपालले बिहिबार आयोजना गरेको एक विशेष कार्यक्रमका बीच उनी सम्मानित भएका हुन् । टेलिभिजनका माध्यमबाट जनतालाई सु-सुचित गराउने अभियानमा उल्लेखनीय भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो ।

उनीसँगै पोखराका व्यवसायी रेशम पन्थी लगायत अन्य विभिन्न क्षेत्रका श्रष्ठाहरु पनि सम्मानित भएका थिए । मन्त्री परिषद्का पूर्व अध्यक्ष खील राज रेग्मीको हातबाट उनलाई फोकस नेपालले सम्मान गरेको हो । दशैंको अवसरमा फोकस नेपालले आयोजना गरेको विचार गोष्ठी, श्रष्ठा सम्मान तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमका बीच उनलाई उक्त सम्मान गरिएको हो ।

विराज पन्त स्थापनाकालदेखि नै टिभी टुडे टेलिभिजनमा आवद्ध छन् । माउन्टेन टेलिभिजनबाट टेलिभिजन कर्म सुरु गरेका पन्त लगायत सम्मानित सबैलाई काय्रक्रमका प्रमुख अतिथि समेत रहेका रेग्मीले बधाई तथा शुभकामना समेत दिएका थिए । 

प्रकाशित मिति : Friday, September 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...