×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमइ बैंकभित्र कर्मचारीको यस्तो ‘लफडा’, विवादित कामु सीइओका कारण झन् ‘बबण्डर’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ आश्विन २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमइ बैंकभित्र कर्मचारीको यस्तो ‘लफडा’, विवादित कामु सीइओका कारण झन् ‘बबण्डर’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय शंकास्पद कारोबारको आशंकामा अख्तियारले खाता विवरण लागेपछि एकाएक विवादित बनेको ग्लोबल आइएमइ बैंकमा कर्मचारीको लफडा पनि उस्तै रहेको खुलासा भएको छ । त्यसमाथि पनि बैंकिङ दुनियाँमै निकै विवादित बैंकर जनक शर्मा पौड्याल बैंकको कामु सीइओ भएपछि बैंकभित्र कर्मचारीको लफडाले उग्र रुप लिएको हो । ग्लोबल आइएमइ बैंकको स्थापनाको एक बर्षपछि नै बैंकको कामु सीइओ बनेका र आइपीओ आउँदा चरम विवादमा परेका पौड्याल कामु सीइओ भएदेखि नै बैंकभित्र बबण्डर सुरु भएको हो । उनी दोश्रोपटक बैंकको कामु सीइओ भएका हुन् ।
पौड्यालका कर्तुत त कति हो कति ! उनी कामु भएपछि कर्मचारी आंतकित !
यसअघि ग्लोबल आइएमइ बैंकको एलसी काण्डदेखि बैंकको नियम विपरित बनेको भवनका विषयमा समेत नमज्जासँग मुछिएपछी निरन्तर विवादमा आएका पौड्याल पछिल्लो समय बैंकका सीइओ अनील ज्ञवालीलाई निकाल्न समेत ‘हात धोएर पछि लागेको’ चर्चा बैंकभित्र हुने गरेको थियो । केहि बर्ष अगाडी उनले एलसी काण्ड बाहिर आएको थियो । बैंकलाई १० करोड बढी क्षति हुने भएपछि ग्लोबल आइएमइ बैंक नेतृत्वले राष्ट्र बैंकका केहि व्यक्तिलाई हातमा लिएर उक्त केस मिलाउँदा बैंकलाई ४ करोड बढी घाटा भएको थियो । (यस विषयमा विस्तृत जानकारी हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं ।)

साथै बैंकको हालको कर्पोरेट भवनलाई नियम मिचेर बनाउन लगाएर त्यसमा हिनामिना गरेको आरोप समेत उनलाई छ । उक्त भवन काठमाडौँ महानगरपालिकाको मापदण्ड विपरित भएको भन्दै महानगरले समेत पटक पटक पत्र काटिसकेको छ । पौड्यालकै मनोमानी र मिलेमतोमा भवन अहिले ‘अलि कडा’ खालको नेतृत्व महानगरमा आएको खण्डमा कुनैपनि समय भत्काउनु पर्ने निश्चित छ । हालसम्म पौड्याललेनै महानगरका कर्मचारीसँगको ‘सेटीङ’ मा यो प्रकरणलाई थामथुम पारिरहेका छन् ।

‘अनील ज्ञवालीलाई बैंकबाट निकाल्ने दाउ सफल भएपछि एकाएक ‘फर्स्ट म्यान’ भएका पौड्यालले डेपुटी सीइओ हुँदा गरेको कर्मचारीको अस्वाभाविक सरुवाको विवाद सकिन नपाउँदै बैंकका बीएमलाई समेत थाहा नदिइ ३ दिनभित्र एसएमइ लोनको स्किम निकालेको भन्दै विवादमा तानिएका थिए ।’ उनकै कमजोरीका कारण अख्तियारले बैंकलाइ शंकाको घेरामा राखेको र उनकै कमजोरीका कारण अख्तियारले सबै खाता विवरण लागेपछि ग्राहकहरुसमेत आंतकित बनेको चर्चा बैंकभित्र चल्ने गरेको छ ।


कस्तो अचम्म ! ‘क्रेडिट हेड’लाई मार्केटिङको जिम्मा !
अझ अचम्म त के छ भने पछिल्लो समय पौड्यालले आफुखुसी बैंकमा ‘अस्वाभाविक’ सरुवासमेत गरेका थिए । क्रेडिट हेड भएर बैंकमा लामो समय काम गरेका गणेश अवस्थीलाई अहिले बैंकमा मार्केटिङको जिम्मा दिइएको छ । मिडियाको अर्थसमेत राम्रोसँग नबुझेका अवस्थीलाई अहिले आफुले पाएको उक्त जिम्मेवारी निभाउन हम्य हम्यमात्र परेको छैन, मिडियाकर्मीसंग बोल्नसमेत राम्रोसंग नजान्दा उनी निकै समस्यामा परेका छन् । मिडिया व्यवस्थापनमा कमजोर प्रमाणित भइसकेका उनी अहिले मिडियाका सानातीना काम आफु तलकी सुनिता शर्मालाई दिने र कोहि मिडियाकर्मीसंग केहि विषयमा बोल्नुपरे आइएमइ रेमिट्यान्स कम्पनीका पीआर अफिसर राजु पौडेललाई लगाउने गरिरहेका छन् । यसरी अवस्थीको कमजोर ‘पर्फर्मेन्स’ का कारण बैंक र बैंकभित्र उनको जिम्मेवारी राम्रोसँग निभाउन उनले सकेका छैनन् भने आइएमइ रेमिट्यान्सका राजु पौडेलले ‘दोहोरो’ काम गर्नुपरिरहेको छ ।
उनी बैंकभित्र मार्केटिङ अफिसरका रुपमा आएपछि मिडिया व्यवस्थापन यतिसम्म कमजोर भएको छ कि, पत्रिकामा एक दिनका लागि पठाएको सुचना संयोजनको अभावले २ दिनसम्म छापिने, मिडियाकर्मीसँगको दुरी बढ्ने लगायतका परिणामहरु देखिएका छन् । यसअघि एक दैनिक पत्रिकामा एकदिनका लागि पठाएको विज्ञापन दुइदिनसम्म छापिंदा यसले बैंकमा विवाद उत्पन्न गराएको थियो ।  मिडियाकर्मीसंग राम्रोसंग बोल्न समेत नजान्ने अवस्थीका कारण नेपाली मिडिया क्षेत्रमा समेत ग्लोबल आइएमइ बैंकका नयाँ मार्केटिङ हेडसँग संयोजन गर्न निकै अफ्ट्यारो भइरहेको चर्चा चलेको छ । बैंकभित्र ‘डमी’ जस्तै बनेका उनको काम भनेको सजिलो कामजति सुनीता शर्मालाई लगाउने, अफ्ट्यारो परे राजु पौडेललाई गुहार्ने र आफु बैंकको तलव पचाउने मात्र हुन थालेको छ । लामो समय बैंकिङ करियरमासमेत खास दाग नलागेका उनी हाल भने बैंकमा ‘डमी कर्मचारी’का रुपमा चर्चामा छन् । उनको ठाउँमा प्रशन्न बास्कोटा मार्केटिङ विभागको प्रमुख थिए ।
मार्केटिङ विभागका प्रमुखलाई ‘क्रेडिट’को जिम्मेवारी, करोडौं ऋण डुब्ने सम्भावना  !
बैंकभित्र भएको अस्वाभाविक सरुवाको अर्को प्रमाण हो यसअघि मार्केटिङ विभाग प्रमुख बनेका प्रशन्न बास्कोटालाई क्रेडिटको प्रमुख बनाईएको छ । यसअघि आइएमइ रेमिट्यान्सको सीइओ हुँदै बैंकको मार्केटिङ र पीआर हेरिरहेका बास्कोटा क्रेडिट साखामै नौला हुन् । मिडियासंगको संयोजन गरिरहेको बानी परेका उनलाईपनि अहिले बैंकको क्रेडिट विभाग सम्हाल्न हम्मे हम्मे परेको छ । मिडियासंग संयोजन गर्ने, र मिडियासँग काम गर्ने बानी परेका उनलाई क्रेडिट विभाग नौलो त बनेको छ नै, सम्बन्धित विभागमा अनुभवको कमी रहेका बास्कोटालाई क्रेडिट विभागको जिम्मा दिंदा त्यसले बैंकको समग्र क्रेडिट विभागलाई नै असर गर्ने आशंका गरिएको छ । 
कामु सीइओको कन्सेप्टका कारण तनाव, ३ दिने एसएमइ लोनले कर्मचारी नै हैरान ! 
यता बैंकका सीइओलाई निकाल्ने दाउ सफल भएपछि बैंकमा के के न गर्छु भन्दै ३ दिने एसएमइ लोनको स्किम निकालेका बैंकका हालका कामु सीइओ जनक शर्मा पौड्यालको उक्त कामका कारण थुप्रै कर्मचारीहरु हैरान भएका छन् । ‘एसएमइ लोन ३ दिनमा कसरी प्रवाह गर्ने हो, हामीलाई कुनै आइडिया छैन । क्लाइन्टहरु बुझ्न आउनुहुन्छ, हामीले सक्दो प्रयास गर्छौं । तर ठ्याक्कै ३ दिनमै कर्जा दिने कामका सम्पूर्ण प्रक्रियाहरु भने सक्न हम्मे हम्मे नै हुन्छ । अहिलेसम्म हाम्रो ब्रान्चले चाहिं सकेको छैन ।’ बैंकको एक साखा प्रमुखले अर्थ सरोकारसँग भने । ‘यसैपनि हाम्रा कामु सीइओ बैंकको आइपीओ बाँडफाँटदेखि विवादित थिए । पछि एलसी काण्डदेखि आजका दिनसम्म आइपुग्दा उनकै कारण बैंकमा थुप्रै राम्रा कर्मचारीले बैंक छाडेका छन् ।’ उनी भन्छन्, ‘दशैं अघि जागिर छाड्ने भन्ने कुरा हुन्न । दशैं तिहार सकिएपछि बैंकमा कस्तो भुँइचालो आउने हो, थाहा छैन ।’


जनक पौड्याल बोल्न मान्दैनन्, बैंकका जिम्मेवार व्यक्तिको पनि गैरजिम्मेवार जवाफ 
यता यसबारे हामीले जनक शर्मा पौड्याललाई सम्पर्क गर्दा उनी हाम्रो सम्पर्कमा आउन चाहेका छैनन् । उनका कर्तुतहरु एक एक गरी अर्थ सरोकारले सार्वजनिक गर्न थालेपछि उनी प्रतिक्रिया दिन भन्दापनि समाचार रोकाउन अनेकौं हतकण्डा अपनाउन थालेका छन् । समाचारको विषयमा आफ्नो प्रतिक्रिया दिनुको साटो आइएमइ रेमिट्यान्सका राजु पौडेललाई फोन गर्न लगाएर यस्तै समाचार आइरहे बिज्ञापन नाकाबन्दी गरिदिने, आइएमइका ६ हजार एजेन्टहरुलाई प्रयोग गरे जे पनि हुन सक्ने, र आइएमइ ग्रुपका बारे यस्तै समाचार आए भोलिका दिनमा जे पनि हुन सक्ने भन्दै धम्की दिन लगाईरहेका छन् ।

‘तपाईंले चन्द्रागिरी, आइएमइ, बैंक मात्र होइन पूरै ग्रुपका बारेमा न्यूज लेखिरहनु भएको छ । भोलि यो विषय मेरो कन्ट्रोलभन्दा बाहिर गयो भने तपाईंलाई जे पनि हुन सक्छ । हाम्रा ६ हजार एजेन्ट, र ग्रुपका सबै तपाईं विरुद्ध लाग्ने अवस्था बन्यो भने राम्रो नहोला ।’ राजु पौडेलले अर्थ सरोकारकर्मीसंग धम्कीपूर्ण भाषा प्रयोग गर्दै भने, ‘तपाईंलाई यो मेरो अन्तिम फोन पनि हुन सक्छ । तपाईंले यस्तै गरिरहनु भयो भने भोलिका दिनमा तपाईंका बारेमा पनि अन्त न्यूज आउलान्, हाम्रा सबैको सेन्टिमेन्ट बिग्रियो भने तपाईंलाई पनि राम्रो नहोला ।’  यता बैंककि मार्केटिङ विभागकि कर्मचारी सुनिता पौडेललाई जनक पौड्यालको नम्बर माग्दा दिन नमिल्ने बताईन् । गणेश अवस्थी त हामीसँग यस विषयमा बोल्नसमेत सकिरहेका छैनन् ।         

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: