×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली सर्टिफिकेटधारीको भागाभाग, हिमालयन बैंकमा थप ७ जनाले जागिर छोडे, अझै केहि बैंकमै कार्यरत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ आश्विन २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

नक्कली सर्टिफिकेटधारीको भागाभाग, हिमालयन बैंकमा थप ७ जनाले जागिर छोडे, अझै केहि बैंकमै कार्यरत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतीय दुतावासको सहयोगमा विभिन्न बैंकहरुमा भारतीय सर्टिफिकेटधारीहरुको सर्टिफिकेट सक्कली हो कि नक्कली हो भन्ने विषयमा छानविन गर्ने भएपछि अहिले विभिन्न बैंकहरुमा कर्मचारीहरुको भागाभाग छ । केहि समय अघिमात्र बैंक अफ काठमाडौँ लिमिटेडमा ३० जना नक्कली सर्टिफिकेटधारीहरुले बैंक छाडेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । उनीहरुमध्ये केहिलाई बैंककै सीईओले समेत भगाएको आरोप समेत सार्वजनिक भएको थियो । यस्तै हिमालयन बैंकमा पनि नक्कली सर्टिफिकेटधारी रहेको र १० जनाले जागिर छोडेको खबर सार्वजनिक भएपछि बैंकमा थप ७ जना नक्कली सर्टिफिकेटधारीहरुले जागिर छाडेका छन् । जागिर छाडेमध्ये केहि मोफसलका पनि छन् ।

अर्थ सरोकारको समाचारपछि हिमालयन बैंकमा कर्मचारी त्राहिमाम !
यसभन्दा अघिल्लो समाचारमा हामीले नक्कली सर्टिफिकेट भएका अन्य ५ जनालाई भने बैंक व्यवस्थापनले नै संरक्षण गरेको पाइएको खबर सार्वजनिक गरेका थियौं । तर  नक्कली सर्टिफिकेट भएकै कारणले बैंक छाड्ने कर्मचारीको उक्त संख्या ७ पुगेको छ ।  हामीले खबर सार्वजनिक गरेसँगै सात्तो गएका उनीहरुले अन्ततः बैंक छोड्ने निर्णय गरेका हुन् । आफ्ना नातेदार भएकै कारणले बैंकले ५ जनालाई भने संरक्षण गरेको पाइएको खबर अर्थ सरोकारमा परेपछि बैंकको उपल्लो तहका कर्मचारीले उनीहरुलाई बैंकबाट भगाएका हुन् ।  यसरी संरक्षणमा परेकाहरुमध्ये केहि सीईओकै समेत आफन्त छन् ।

नक्कली सर्टिफिकेट काण्ड सतहमै आइपुग्दा पनि र बैंकले नै आफ्ना कर्मचारीहरुलाई धमाधम भगाईरहंदा पनि सरकारी संयन्त्र भने मौन छ । हालसम्म उजुरी नपरेकाले सीआइबी लगायतका संस्थापनि यसविषयमा बोलेका छैनन् । यसो त नक्कली सर्टिफिकेटका आधारमा बैंकमा जागिर खानु गम्भीर अपराध हो । तर छानविन हुने डरले बैंक छाडेकै भरमा तीनीहरुलाई छाडिनुहुन्न भन्ने आवाज पनि उठ्न थालेको छ । ‘ अझै पनि केहि नक्कली सर्टिफिकेटधारी कर्मचारी हिमालयन बैंकमा रहेको बैंककै कर्मचारीहरुले बताउने गरेका छन् । ‘अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेपछि धेरैको सात्तो गएको छ । तर कर्मचारी भाग्नु समस्याको समाधान होइन । यस्तालाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’ बैंकका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।     


हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: