×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुहोस् है ! जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ असोज ११ गतेदेखि आउँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ असोज ११ गतेदेखि आउँदै

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आइपीओ असोज ११ गतेदेखि जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी गर्ने आइपिओमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । भने बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
कम्पनीले जारी गर्ने उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । यो सेयर तोकिएको समयमा सबै बिक्री नभए असोज २५ गतेसम्म भर्न सकिने छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: