ग्लोबल आइएमईको कात्तिक २३ गते साधारण सभा, सभामा के प्रस्ताव ल्याउदै
Powered by Blogger.
ग्लोबल आइएमईको कात्तिक २३ गते साधारण सभा, सभामा के प्रस्ताव ल्याउदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - ग्लोबल आइएमई बैंकले २०% लाभांश प्रस्तावसहित कात्तिक २३ गते साधारण सभा बोलाएको छ । बैंकले सभामा १०% बोनस सेयर र १०% नगद लाभांश दिने प्रस्ताव गर्न लागेको हो । यसैगरी, बैंकले प्रबन्धपत्र र नियमावलीमा संशेधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ । सभामा सञ्चालकले बैठक भत्ता वृद्धि गर्ने र सामाजिक उत्तरदायित्वका लागि खुद नाफाको १% रमक छुट्याउने प्रस्ताव पनि पेस हुनेछ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले कात्तिक ८ देखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा, लाभांशको हकदार बन्न कात्तिक ७ गतेभित्र बैंकको सेयरधनी बनिसक्नुपर्नेछ । सभा कात्तिक २३ गते कार्की ब्याङ्क्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । ग्लोबल आइएमईले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चौथो त्रैमासमा बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३१ पैसा छ ।

प्रकाशित मिति : Monday, October 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...