एमाले-माओवादी गठबन्धनबारे भारतले पहिलोपटक मुख खोल्यो
Powered by Blogger.
एमाले-माओवादी गठबन्धनबारे भारतले पहिलोपटक मुख खोल्यो

काठमाडौं - भारतले नेपालका वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल भएको सम्बन्धमा भारतीय पत्रकारले राखेको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भने, ‘नेपालबारे मैले टिप्पणी गर्नु अनुचित हुन्छ।'

उनले लोकतान्त्रिक र समावेशी राजनीतिको ढाँचाभित्र रही नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतको सदैव चाहना रहेको बताए ।

भारतले नेपालको शान्ति, स्थिरता र तीव्र आर्थिक विकासमा नेपाली जनता र सरकारको प्राथमिकताअनुसार हरतरहले निरन्तर सहयोग गर्ने उनको भनाइ थियो। नेपालमा वामपन्थी दलबीच चुनावी तालमेल र पार्टी एकताको घोषणाले भारतीय संस्थापन पक्ष आश्चर्यमा परेको जनाइएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति : Friday, October 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...