महुलीको दिने भयो ५०% बोनसका साथमा १०% नगद लाभांश
Powered by Blogger.
महुलीको दिने भयो ५०% बोनसका साथमा १०% नगद लाभांश

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - महुली सामुदायिक लघुवित्त विकास बैंकले ५०% बोनस सेयर र १०% नगद लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४ करोड रुपैयाँबाट बोनस र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

यसैगरी, बोनस सेयर दिइसकेपछि कायम हुने ६ करोड रुपैयाँ चुक्ता पुँजीबाट ५०% (२ः१ अनुपातमा) हकप्रद जारी गरी चुक्ता पुँजी ९ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि आगामी साधारण सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । हाल महुलीको बजार मूल्य १६ सय ५८ रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा महुलीले ४ करोड ३१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ ४४६ रुपैयाँ १५ पैसा छ ।

प्रकाशित मिति : Sunday, October 8, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...