×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज र नबिल बैंकमा राष्ट्र बैंकको छापा, दुइ बैंकका सीइओनै गैरकानुनी काममा मतियार बनेको शंका !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सनराइज र नबिल बैंकमा राष्ट्र बैंकको छापा, दुइ बैंकका सीइओनै गैरकानुनी काममा मतियार बनेको शंका !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सनराइज बैंक र नबिल बैंकको मिलेमतोमा नेपालमा अवैध बिटक्वाइन कारोबार हुने गरेको खुलासा भएको छ। बिटक्वाइन कारोबारीले नेपालामा रहेका अन्य केहि बैंकमा राखेका खातावालसँग कारोबार गरेको भेटिएको छ भने त्यसको सम्पूर्ण राफसाफ भने सनराइज बैंक र नबिल बैंकबाट हुने गरेको खुलासा भएको छ । नबिल र सनराइजसँगै लक्ष्मी बैंक र एनसीसी बैंकपनि नेपालमा अवैध मानिएको बिटक्वाइन कारोबारमा संलग्न रहेको खुलासा भएको छ । ती बैंकमा रहेका खातामा बिटक्वाइन कारोबारीले इसेवामार्फत रकम पठाउने र प्राप्त गर्ने गरेका थिए । 
एनसीसी र लक्ष्मी पनि फसे !
यता एनसिसी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रेवन्तकुमार दाहालले आफ्नो बैंकमा बिटसेवाको खाता रहेको र त्यसबाट अवैध ‘बिटक्वाइन’को कारोबार हुने गरेको स्वीकार गरेका छन् । उनले राष्ट्र बैंकले यसबारेमा आफुसँग बुझेको र आफुले पनि आफ्नो बैंकबाट सो कारोबार भएको जानकारी दिएको बताएका छन् । यता अवैध कारोबार प्रकरणमा लक्ष्मी बैंकपनि मुछिएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफ्नो बैंकमा बिटसेवाको खाता नभएको र व्यक्तिको खाता भए–नभएको विषयमा अनुसन्धान गरिरहेको र राष्ट्र बैंकले आफ्नो बैंकमा पनि सोधपुछ गरेको बताए ।

सीइओहरुनै मतियार बनेको शंका !
यता कतिपय बैंकहरुमा ती बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुनै अवैध बिटक्वाइनको धन्दामा लागेको शंका गरिएको छ । ‘सनराइज बैंक र नबिल बैंकका सीइओनै अवैध बिटक्वाइन कारोबारमा संलग्न रहेको शंका गरिएको छ । यस विषयमा थप अनुसन्धान जारी छ । अनुसन्धानपछी यिनीहरुको कर्तुत बाहिर पक्कै आउनेछ ।’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार कारोबारीले विभिन्न बैंकमार्फत कारोबार गर्ने गरेको भएपनि सनराइज बैंक र नबिल बैंकमा त्यसको राफसाफ हुने गरेको थियो । उनका अनुसार इसेवाले रातारात आफ्नो सिष्टम अपग्रेड गरेर अनुसन्धानलाई फितलो बनाउने प्रयास गरेपनि बैंकिङ कारोबारको तथ्यांक भने त्यति सजिलै नमेटिने हुनाले अनुसन्धान भइरहेको बताएका छन् ।         

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: