विजय गच्छदार नेपाली कांग्रेसमै फर्कँदै !
Powered by Blogger.
विजय गच्छदार नेपाली कांग्रेसमै फर्कँदै !

काठमाडौँ - नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएको छ । विजय कुमार गच्छदार अध्यक्ष रहेको पार्टी फोरम सोमबार अपरान्ह नेपाली कांग्रेससँग एक हुने भएको हो ।

नेपाली कांग्रेस बालुवाटार निकट स्रोतका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषण गरिने छ । स्रोतले भन्यो, 'आज ३/४ बजेतिर बालुवाटारमा पार्टी एक गर्ने सहमति भएको छ ।'

गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए । 

२०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए । -कान्तिपुर 

प्रकाशित मिति : Monday, October 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...