×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ खर्ब २० अर्बमा चीनले बनायो यस्तो पार्क, जहाँ एलियन भेट्न पाइन्छ ! (फोटोफिचरसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

१ खर्ब २० अर्बमा चीनले बनायो यस्तो पार्क, जहाँ एलियन भेट्न पाइन्छ ! (फोटोफिचरसहित)

चीनको ग्वेझोउ इलाकामा एक थीम पार्क बनाइएको छ । आगामी डिसेम्बरमा यो पार्कको निर्माण पूरा हुनेछ ।
यो पार्कको विशेषता के भने यहाँका सबै चिज वास्तविक जस्ता लाग्दछन् । अर्थात् तपाइँ छुट्टै संसारमा पुगेजस्तो अनुभव गर्नुहुनेछ । कहीँ एलियन घुमिरहेका हुनेछन् त कहिले तपाइँको अगाडि ड्रागन खडा हुनेछ ।
चीनको प्रसिद्ध एनिमेसन कम्पनी ओरिएन्टल टाइम्स मिडिया कर्पोरेसनले यो पार्कको निर्माण गरेको हो । यो भर्चुअल रियालिटी प्रविधिमा बनाइएको छ । तपाइँ जब पार्कभित्र छिर्नुहुनेछ तपाईंलाई सबैखाले भर्चुअल रियालिटी ग्याजेटहरु लगाउन दिइनेछ । अनि तपाईंसामु हुनेछ एक छुट्टै संसार ।
यो पार्कको आधाभन्दा धेरै काम सकिएको छ । डिसेम्बरमा यो सर्वसाधारणका लागि खुल्ला हुनेछ । यो पार्क बनाउनमा १ खर्ब २० अर्ब रुपैयाँभन्दा धेरै खर्च लागेको छ ।
पार्कको बीचमा १७४ फिट अग्लो फिल्म प्रदर्शन गर्ने ट्रान्सर्फमर मेसिन जडान गरिएको छ, ताकि टाढैबाट देखेर बच्चाबच्चीहरु आकर्षित होउन् ।
३ सय २० एक्कड क्षेत्रफलमा बनेको यो पार्कमा अलग अलग ब्लक छन् । कतै तपाइँले अन्तरीक्षको यात्रा गर्नुहुनेछ त कतै ड्रागनसँग युद्ध । एजेन्सीको सहयोगमा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: