काँग्रेसले पनि थाल्यो लोकतान्त्रिक एकता, अन्य ३ पार्टीसँग एकताको तयारी !
Powered by Blogger.
काँग्रेसले पनि थाल्यो लोकतान्त्रिक एकता, अन्य ३ पार्टीसँग एकताको तयारी !


काठमाडौँ- एमाले, माओवादी र नयाँ शक्ति नेपाल एक भएर अगाडी जाने सहमति भएकै दिनदेखि नेपाली कांग्रेस पनि लोकतान्त्रिक एकतासहित अगाडी बढ्ने भएको छ । कांग्रेसले आफुसँग विचार मिल्ने अरु तीन पार्टीहरुलाई एकताको शुत्रमा बाँध्ने बुझिएको छ । 

काँग्रेस नेता महेश आचार्यका अनुसार आज लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादार, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर, राजपाका नेता शिर्षस्थ नेता र संघीय समाजवादी फोरमका उपेन्द्र यादवसँग छलफल गर्ने तयारी गरेको छ । 

'गच्छादार, राप्रपाका अध्यक्ष कमल थापा र फोरमका यादवसँग पहिलो चरणमा हिजै कुराकानी भएको छ । छलफलको सुरुवात हिजै भइसकेको छ । आज पुन: थप कुराकानी गर्नै तयारी भयरहेको छ । हामी पनि छिट्टै नै लोकतान्त्रिक एकता सहित जनतामाझ आउनेछौं ।’ उनले भने ।

प्रकाशित मिति : Wednesday, October 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...