×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना हतियारको बिगबिगी, डिस्को जानेले किन बोके गाडिमै हतियार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

साना हतियारको बिगबिगी, डिस्को जानेले किन बोके गाडिमै हतियार ?

काठमाडौं । प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा  राजधानी काठमाडौं सुरक्षाको दृष्टिले संवेदनशील बन्दै गएको छ ।  विगत एक महिनाबीचको घटनाक्रमले राजधानी लगायतका विभिन्न स्थानमा साना हतियारको प्रयोग बढ्दै गएपछि आपराधिक घटनाहरू समेत बढेका छन् । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या होस् वा म्हैपीमा केही दिन अघि चलेको गोली, साना हतियारले पछिल्लो समय राजधानीको सुरक्षा चुनौति बढाइदिएको छ । पछिल्लो २ महिनाको तथ्याङ्क हेर्ने हो भने पनि साना हातहतियारको प्रयोग भएका घटनाहरू पर्याप्त छन् ।  
२३ असोजमा निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या भयो । घटनास्थलबाट प्रहरीले चाईनिज पेस्तोलमा प्रयोग भएको ६ एमएमको गोली फेला पारेको थियो । त्यसको सुराक अझै फेला पार्न सकेको छैन । मोटरसाइकल बरामद गरेको भनिएपनि त्यसका धनी को हुन कसको नाममा दर्ता छ त्यो बारे प्रहरीले केही बताएको छैन । 
२३ असोजकै साँझ प्रहरीको चेकिङमा एक थान रिभल्वर र एक गोलीसहित तीन जना पक्राउ परे । पक्राउ परेकालाई गौचन हत्या मुछ्न खोजेपनि उनीहरू साना हतियारधारी मात्रै भएको खुलेको छ । त्यसपछि कात्तिक ३ गते एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने १९ वर्षका जीवन श्रेष्ठ र भक्तपुर सल्लाघारी बस्ने १८ वर्षका सुवास लामा योन्जन, मकवानपुर भीमफेदी गाउँपालिका घर भई धुम्बाराही बस्ने २८ वर्षीय कुमार अधिकारी र काभ्रे घर भई शंखमुल बस्ने २२ वर्षीय टीकाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ ग¥यो । त्यस्तै कात्तिक ५ गते मात्र काठमाडौंको म्हैपीमा एक युवतीलाई जिस्क्याएको निहुँमा अर्का युवकले गोली प्रहार गरे । घटनामा संलग्न २३ वर्षीया सविना क्षेत्री नुवाकोटका नवराज लामिछाने, काठमाडौका सुरेन्द्र शाही र काठमाडौंको स्वयम्भू बस्ने असुन गुरूङलाई प्रहरीले पक्राउ ग¥यो ।
उनीहरू अहिले हिरासतमा रहेका छन् । पक्राउ परेपछि प्रहरीले उनीहरूको साथबाट एक थान रिभल्वर र दुई गोली बरामद गरेको थियो । व्यक्तिगत रिसीइबी, धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४÷७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन् । परिसरका अनुसार बरामद अधिकांश हतियारमा पेस्तोल र रिभल्वर छन् । फिरौती असुलीदेखि ससाना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गरेको छ । 
प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा साना हातहतियारबाट सिर्जित अपराधका घटनामा उल्लेख्य वृद्धि भएको छ । प्रहरीको अनुसन्धान कमजोर बन्दै गएको अवस्था देखिएको छ । आर्थिक वर्ष २०७१÷७२ यताका तीन वर्ष तीन महिनामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट मात्रै हतियार र २ सय तीन राउन्ड गोली बरामद भएको कार्यालयमा रेकर्ड छ । 
प्रहरीले यही अवधिमा हतियार प्रयोगमा संलग्न एक सय ६१ जनालाई समेत पक्राउ गरेको छ । साना हतियारको अत्याधिक प्रयोग हुन थालेपछि प्रहरीले आफ्नो अनुसन्धानलाई तिब्रता दिन सकेको छैन । प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनसँगै साना हतियार प्रयोग बढेपछि चुनाव समेत प्रभावित हुने अवस्था आएको छ । अनुमति लिएर भीभीआइपी, पूर्व सचिवदेखि पूर्व उच्च प्रहरीले समेत बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयमा नबुझाएको अवस्थामा ती हतियार समेत थ्रेट बनेको छ । चुनावमा ती हतियार जिल्ला प्रशासन नबुझाउँदा देखिएको चुनौतिलाई समेत प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन । 
यस्ता हातहतियार नागरिकदेखि भीभीआईपी पूर्वसचिवदेखि पूर्व उच्च प्रहरी र उच्च पदस्थहरूले राख्ने गरेका छन् । तर आजसम्म केहीले बाहेक अधिकांसले त्यस्ता हातहतियार बुझाएका छैनन् । यसरी भिभिआईपीदेखि उच्च पदस्तहरूले लगेका हतियारहरू कति बाहिर छ भन्ने तथ्याङ्क सरकार संग समेत छैन । तर त्यो हतियारको अवस्था के हुने भन्ने बारेमा प्रहरीसँग कुनै योजना छैन । ती हतियार गुण्डागर्दीमा समेत प्रयोग हुने आशंका प्रहरीले गरेको भएपनि कोहीसँग हतियार फिर्ता लिएर राख्न पनि सकेको छैन । हातहतियार खरखजना नियमावली २०२ अनुसार हातहतियार राख्नको लागि ईजाजत लिनुपर्छ र बर्षेनी नविकरण गर्नुपर्छ । ५ बर्षसम्म नविकरण नगरे त्यो नविकरण हुँदैन र स्वत अबैध ठहरिन्छ । सरकारले उपलब्ध गराएको विवरणलाई हेर्ने हो भने हालसम्म १३ हजार ३ सय ४५ हतियारलाई व्यक्तिगत रूपमा राख्न इजाजत प्रदान गरिएको छ । र यसरी राख्न पाउने हतियारहरू ठूला हतियार हुन् । 
पछिल्लो समय काठमाडांैको कमजोर सुरक्षाको फाईदा उठाई अपराधिक समुहहरू सक्रिय हुन थालेका छन् । काठमाडौं उपत्यकामा बिशेष गरि अमेरिकामा निर्मीत पिस्तोल, ९ एम एम स्वचालित चाईनिज र भारतिय पिस्तोल, ३ सय १५ बोर पिस्तोल, सिक्सर रिवोल्भर, २२ क्यालिभर पिस्तोल, नेपालमै बनेका कटुवा जस्ता साना हतियारको प्रयोग बढि हुने गरेको छ । जुन हतियार कानुनी रूपमै अवैध हो । जुन हतियार प्रहरीले समेत रेकर्ड राखेको समेत हुँदैन । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: