सनराइज बैंकको ७ लाख १० हजार कित्ता सेयर लिलामी भर्न २ दिन मात्र बाँकी
Powered by Blogger.
सनराइज बैंकको ७ लाख १० हजार कित्ता सेयर लिलामी भर्न २ दिन मात्र बाँकी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सनराइज बैंकले ७ लाख १० हजार कित्ता सेयरको लिलामी आइतबार बन्द गर्दैछ । यसआधारमा, बिहीबार सार्वजनिक बिदा परेकाले अब सनराइजको लिलामी सेयर भर्न २ कार्यदिन मात्र बाँकी रहेको छ । लगानीकर्ताले असोज २२ गते कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सक्नेछन् । बैंकले असोज ८ गतेदेखि संस्थापक समूहको ७२ हजार ६१२ कित्ता र सर्वसाधारण समूहको ६ लाख ३८ हजार १३१ कित्ता सेयर लिलामीमा ल्याएको हो । 

लगानीकर्ताले बिक्री प्रवन्धक सनराइज क्यापिटलमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । आवेदकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी मूल्य राखी बोलपत्र पेस गर्नुपर्नेछ । संस्थापकतर्फ न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यता, सर्वसाधारण समूहतर्फ भने न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । १० लाख रुपैयाँ भन्दा बढीको आवेदन दिनेले प्यान नम्बर अनिवार्य खुलाउनुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौंमा असोज २३ गते दिउँसो १ बजे खोलिनेछ । बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म १०:३ को अनुपातमा १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

हकप्रद निष्कासन गर्दा संस्थापक समूहको ७२ हजार ६१२ कित्ता र सर्वसाधारण समूहको ६ लाख ३८ हजार १३१ कित्ता सेयरमा आवेदन नपरेपछि बैंकले बाँकी सेयर लिलामीमा ल्याएको हो । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने क्रममा रहेको सनराइजले १५% बोनस सेयर दिने घोषणा गरिसकेको छ । बैंकले यो लिलामी सेयरपछि कायम हुने चुक्ता पुँजीबाट १५% बोनस सेयर दिने जनाएको छ । यसआधारमा, हकप्रद तथा लिलामी भरेका सेयरधनीले समेत बोनस सेयर पाउनेछन् ।

प्रकाशित मिति : Thursday, October 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...