प्रचण्डका स्वकीय सचिव काँग्रेसमा प्रवेश, देउवाले बनाए कमाण्डर
Powered by Blogger.
प्रचण्डका स्वकीय सचिव काँग्रेसमा प्रवेश, देउवाले बनाए कमाण्डर

धनगढी - चुनाव नजिकिँदै जाँदा दल परिवर्तनको क्रम पनि जारी छ । ७ नम्बरका विभिन्न जिल्लाहरुमा दल परिवर्तन समाचार आइरहेका छन् । धेरै ठाउँहरुमा नयाँ शक्ति छोडेर एमाले र माकेमा प्रवेश गरिरहेका छन् ।

यसैबीच माओवादी केन्द्रबाट निर्वाचित एक जना जनप्रतिनि नै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गन्यापधुरा गाउँपालिकाका वडा अध्यक्ष चेतराज भट्ट सोमबार काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीसँगै माओवादी केन्द्रका सक्रिय एक दर्जन नेता कार्यकर्तालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले स्वागत गरे । डडेल्धुराबाटै उम्मेदवार बनेका प्रधानमन्त्री देउवालाई जिताउन भन्दै भट्टको नेतृत्वमा माकेका नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भट्ट स्वकीय सचिवालयमा थिए । स्थानीय निर्वाचनमा गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत रहेका भट्टले देउवा जिताउ अभियानको नेतृत्व गर्ने बताए । लामो समयसम्म माओवादी केन्द्रका नेता उम्मेदवार खगराज भट्टको नजिक रहेर काम गर्दै आएका थिए तर चुनावको मुखमा काँग्रेसमा प्रवेश गरे । गन्यापधुरामा राम्रो सम्बन्ध भएका भट्ट काँग्रेसमा प्रवेश गरेपछि माओवादी केन्द्रलाई ठूलै झट्का लागेको छ ।

त्यस्तै भट्टसँगै वाइसिएलका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत, गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गरेका छन् ।

प्रकाशित मिति : Tuesday, November 7, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...