×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनउत्थान सामुदायिक लघुवित्तले असार २७ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तले असार २७ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले नवौं वार्षिक साधारणसभा असार २७ गते बोलाएको छ । यो सभा होटल न्यु ईरा, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि संस्थाले चैत १४ गते एक दिन बुक क्लोज गरीसकेको छ ।
सभामा कम्पनीले २५% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, कर प्रयोजनका लागि  १.३२% नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्ने भएको छ ।  संस्थाले २००% हकप्रद ल्याउने प्रस्ताव पनि पेश गर्ने भएको छ । 
कम्पनीको अधिकृत पुँजी १० करोडबाट बढाएर ५० करोड रुपैयाँ पुर्याउने र नयाँ सञ्चालन समिति गठन गर्ने सम्बन्धमा छलफल गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: