घट्यो सुनचांदीको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५६ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५६ हजार १ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४८ हजार ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Thursday, November 16, 2017
,

recent

Popular Posts