×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौशालाका डिएसपी भन्छन्,‘एआइजी’साप’ आउनु भएको छैन,कपोकल्पित प्रचार भयो’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

गौशालाका डिएसपी भन्छन्,‘एआइजी’साप’ आउनु भएको छैन,कपोकल्पित प्रचार भयो’

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौसालामा प्रहरी अतिरिक्त महानिरिक्षक जय बहादुर चन्दका ज्वाइँ उज्वल राणा ‘चुरोट खाएको अभियोगमा पक्राउ परेको भन्दै केही सञ्चार माध्यममा समाचार आएपछि प्रहरीले मुख खोलेको छ ।
बृत्तका डिएसपी अनुपम श्रेष्ठले ‘त्यस्तो कुनै घटना नै नभएको प्रतिक्रिया दिएका छन् । केही अनलाईन सञ्चार माध्यममा चन्दका ज्वाइँलाई पक्राउ गरेको कारण डिएसपी अनुपम श्रेष्ठलाई एआइजी चन्दले ‘कारबाही’ गर्ने धम्की दिएको समाचार आएको थियो ।
‘उहाँ (एआइजी जय बहादुर चन्द) आउनु भएको पनि होइन । घटनाक्रम त्यस्तो केही पनि भएको होइन,’ उनले भने,‘सबै नेगेटिभ प्रचार भएको हो । त्यस्तो केही भएको छैन । कपोकल्पित बनाइएको मात्रै हो ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: