×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो मङ्सिरमा कुन राशिको कति कमाउने योग छ ? (हेरौं मासिक आर्थिक राशिफल)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ मंसिर २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

यो मङ्सिरमा कुन राशिको कति कमाउने योग छ ? (हेरौं मासिक आर्थिक राशिफल)

मेष : मेष राशिका मानिसहरुले यो मङ्सिरमा राम्रै आम्दानी गर्ने देखिन्छ । विशेषगरी सेयर बजारबाट मनग्य आम्दानी हुने योग यो राशीका व्यक्तिहरुलाई देखिन्छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने भएकाले पनि यो राशीका लागि निकै राम्रो समय छ मङ्सिर । मङ्सिर र फाल्गुन महिनामा सुन किने फाइदाजनक हुने योग भएकाले यो महिना सुन किने राम्रै फाइदा होला । फलामको व्यापार गर्दा राम्रो होला । यद्यपी कमाइ राम्रो भएपनि अनावश्यक खर्च हुने योग छ ।
बृष : यो मङ्सिरमा नयाँ व्यवसाय सुरु गर्ने योग छ । नोकरीमा खास सफलता प्राप्त गर्न नसकेपनि व्यापारमा राम्रो हुने योग छ। खर्च बढी नै हुने देखिन्छ । बैदेशिक रोजगारमा लागेकालाइ समय त्यति राम्रो छैन । सेयर बजारमा लगानी गरेकाहरुले नाफा नै कमाउने योग छ ।मेहेनतको राम्रो प्रतिफल पाइएला ।
मिथुन: सेयर बजारमा केहि बढी तनाव बेहोर्नुपर्ने योग छ । सजिलै पैसा कमाउने योग भएपनि बढी तनाव व्यहोर्नुपर्ने देखिन्छ । पर्यटन क्षेत्रमा लागेकाहरुले बढी कमाउने योग छ । सरकारी काम काजमा सफलता मिल्नेछ । देशिक रोजगारमा हुनेहरुका लागि समय राम्रो छ । 
कर्कट : आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । बन्दव्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । नोकरीमा संलग्न व्यक्तिहरूले उन्नतिका निमित्त प्रशस्त अवसर प्राप्त गर्नेछन् र नवीन पेसा वा रोजगारीको राम्रो अवसर प्राप्त हुनेछ ।
सिंह : कपडाको व्यापार गर्नेहरुका लागि समय निकै उत्तम छ । धन मनग्य कमाउने योग छ । खर्च पनि नियन्त्रण हुनेछ । सरकारी जागिर खानेहरूका लागि पनि यो महिना झन् राम्रो छ । वैदेशिक रोजगारमा रहेकाहरुका लागि पूरै बर्ष नै औसत भएकाले यो महिना पनि औसत मात्र छ ।
कन्या : पूराना ऋणहरु तिर्ने योग छ । फसेको ठाउँबाट पनि पैसा असुल उपर हुने योग छ । सेयर बजारमा लागेकाहरुका लागि समय औसत छ । खर्च नियन्त्रण गर्न भने समस्या हुनेछ । बैदेशिक रोजगारमा गएकाहरुका लागि समय त्यति राम्रो छैन । सकेसम्म यो मङ्सिरभर अरुलाई सापट वा ऋण नदिनुहोला । 
तुला : ऋणमा फसिने योग छ । ऋणको मात्रा पनि बढ्ने देखिन्छ । आर्थिक हिसावले यो बर्ष त्यति राम्रो नदेखिएकाले यो महिना पनि खास राम्रो छैन । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । सकेसम्म यो बर्ष धातुमा खर्च नगरेको राम्रो हुन्छ । बैदेशिक रोजगारमा जानेहरुका लागि समय निकै राम्रो छ । 
बृश्चिक : बिग्रेका काम सुध्रीने योग छ । धन मनग्य कमाइएला । सेयर बजारमा लगानी गर्नेहरुका लागि निकै फाइदाजनक छ समय । इलेक्ट्रोनिक्स सामानको व्यापार गरेमा अझ बढी फाइदा होला । घर-परिवारका लागि बढी खर्च हुने देखिन्छ । व्यवसायमा फाइदा होला । भाँडाकुडाको व्यापार भने सकेसम्म सुरु नगरेको राम्रो होला।
धनु : सकेसम्म कुम्भ राशिसँग आर्थिक कारोबार गर्नुहोला भने मिथुन राशिसंग आर्थिक कारोबार कम गर्नुहोला । सेयर बजारबाट फाइदा हुने योग छैन । होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक देखिन्छ । कानुनी झमेलाबाट टाढा रहनु पर्छ ।
मकर: यो महिना कमाउने खास योग छैन । सेयर बजारमा लगानी गरेकाहरुले बिचार पुर्याउनु होला । ऋणमा डुबिने योग छ । व्यापार गर्दा उधारो दिन कम गर्नुहोला । पैसा फस्ने योग भएकाले बिचार गर्नुहोला । फुर्मासी बढी खर्च हुने योग छ । नगरेको कामको अपजश पाइएला । अ
कुम्भ : आर्थिक पक्ष बलियो बन्नेछ । पैसा मनग्य कमाउने योग छ । विशेषगरी व्यापारमा लागेकाहरुका लागि समय निकै राम्रो छ । गीत. संगीत, सञ्चारमा लागेकाहरुका लागि समय निकै राम्रो छ । पढाइमा समेत सफलता मिल्नेछ । कमाएको धन बचत हुने योग छ । कर्कट राशिसँग अलि टाढा नै बस्दा रार्मो होला । सेयर बजारमा लगानी गर्नेहरुका लागि समय उत्तम छ । 
मीन : वित्तीय कारोबारबाट फाइदा हुनेछ । लागेको ऋण समेत तिर्ने योग छ । बदेशिक रोजगारमा जानेहरुका लागि समय राम्रो छ भने सेयर बजारमा लगानी गर्नेहरुले ख्याल गर्नुहोला । सकेसम्म वृष राशिसँग कारोबार नगर्नुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: