×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डपुत्र प्रकाश दाहाल रहेनन्, हृदयघातका कारण नर्भिक अस्पतालमा निधन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ मंसिर २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

प्रचण्डपुत्र प्रकाश दाहाल रहेनन्, हृदयघातका कारण नर्भिक अस्पतालमा निधन

काठमाडौँ- प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयघाटका  करण नर्भिक अस्पतालमा भर्ना भएका दाहालको निधन भएको हो । अस्पतालले केहि छिनमा यसको आधिकारिक विज्ञप्ति निकाल्ने बुझिएको छ ।  अस्पतालमा रहेका एक माओवादी नेताले प्रकाश दाहालको निधन भइसकेको र केहि बेरमा अस्पतालको आधिकारिक विज्ञप्ति निस्किन लागेको बताएका छन् ।

आइतबार विहान ५:३८ मिनेट जाँदा उनले प्राण त्यागेको बताइएको छ । यद्यपी प्रचण्ड काठमाडौँ आईनपुगुन्जेल मृत घोषणा नगर्ने भनेपछि अस्पतालकै सहमतिमा उनको मृत्युको घोषणा नभएको बुझिएको छ । धार्मिक परम्परा अनुसार अन्त्यमा पानी खुवाउने चलन भएकाले पनि अस्पतालले अभिवावक आएपछि मात्र मृत घोषणा गर्ने गरेको छ ।

गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् भने नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।

केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: