×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँमा रामचन्द्र पौडेलको लाजस्पत हार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ मंसिर २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

तनहुँमा रामचन्द्र पौडेलको लाजस्पत हार

तनहुँ – तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हारको सामना गरेका छन् । वि.सं २०४८ देखि निरन्तर तनहुँबाट जितेर सांसद बन्दै आएका पौडेल यो पटक हारेका छन् जसको कारणले गर्दा  सांसद बन्ने बाटो बन्द भएको छ । 
तनहुँ क्षेत्र नम्बर १ मा पौडेल वाम गठबन्धनका एमाले उम्मेदवार किसान श्रेष्ठसँग ६ हजार ८ सय १४ मतको अन्तरले पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदै विजयी हासिल गरेका हुन् भने पराजित रामचन्द्रले २७ हजार ६ सय ७५ मत प्राप्त गरे । 
किसानले २०७० मा पौडेलसँग हारेको बदला पनि लिन सफल भएका र २०४८ देखि निरन्तर तनहुँबाट जित्दै आएका पौडेलको अपराजित यात्रामा यो चुनावबाट ब्रेक लाग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
देशैभरी बाम गठबन्धनका उम्मेदवारले जितिरहेका बेला काँग्रेसका बेला बरिष्ठ नेता रहेका पौडेललगायतका नेताहरुले हार बेहोर्नुपरेको छ । काँग्रेसको देशभरको परिणाम सन्तोषजनक छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: