×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ?

PRIME CA

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार

प्रकाशित मिति : १४ असार २०७७, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०% हकप्रद सेयर आज (असार १४ गते)देखि बिक्री खुल्ला भएको छ । कम्पनीले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अघि चैत १३ गतेदेखि विक्री खुला गर्ने भनिएकोमा लकडाउनका कारण स्थगित भएको थियो । यसमा फागुन १२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
कम्पनीको यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्ने भएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु काठमाडौंको पुतलीसडक, ललितपुरको लगनखेल, पोखराको चिप्लेढुङ्गा बीरगञ्जको आदर्शनगर, बुटवलको ट्राफिकचोक र विराटनगरको गोल्छाचोकसँगै उक्त कम्पनीको थापाथलीको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ । 
प्राथमिक बजार पूर्ण अनलाईन भइसकेको अवस्थामा आवेदकहरुले मेरो शेयर एप मार्फत आवेदन दिन सक्नेछन् । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: