×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाटा मोटर्स्को नयाँ शोरुम जनकपुरमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ पुष २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

टाटा मोटर्स्को नयाँ शोरुम जनकपुरमा

काठमाडौँ – भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स्ले आज आफ्ना उत्पादन विक्रीवितरणका लागि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स्को नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ  प्रा.लि को जनकपुरका लागि आधिकारिक वितरक गिरिजा अटोमोवाइल इन्टरप्राइजेजले शोरुम सञ्चालनमा ल्याएको हो । जनकपुरको मुजेलीयामा आज समुद्घाटित नयाँ शोरुम ३८०० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ जुन जनकपुरमै सवैभन्दा ठूलो हो । 
शोरुमको उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख श्री सुजन रोयज्यूले भन्नुभयो –“नेपाल टाटा मोटर्सका लागि महत्वपूर्ण वजार रहेको छ र नयाँ शोरुमको सञ्चालन ग्राहकलाई किनाईको राम्रो अनुभूति दिलाउने दिशामा लिइएको प्रयत्न हो । टाटा मोटर्सले ग्राहकलाई केन्द्रिविन्दु मानेर सुविधा पु¥याउँदै आएको छ । नयाँ शोरुमको सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने प्रयत्नलाई उजागर गर्दछ । गिरिजा अटोमोवाइल र सिप्रदी टे«डिङको नेतृत्वमा यो शोरुमले यस क्षेत्रमा विक्री, सेवा अनि ग्राहकको सन्तुष्टिमा नया आयम कायम गर्ने विश्वास गरेका छौं ।
उद्घाटन समारोहमा वोल्दै सिप्रदी टे«डिङका प्रमुख सञ्चालन अधिकृत श्री राजेश प्रसाद गिरीले भन्नुभयो– “गिरिजा अटोमोवाईल र टाटा मोटर्ससँग सहकार्यलाई निरन्तरता दिन पाउँदा हामीलाई धेरै खुशी लागेको छ । यो नयाँ वितरक नियुक्ति हाम्रो देशभर सञ्जाल विस्तार गरी ग्राहकको नजीक पुग्ने प्रयत्नकै परिणाम हो । जेष्ट, बोल्ट, स्टोर्मी, हेक्सा, टियागो र टिगोर जस्ता उत्कृष्ट गाडीहरुको उपलब्धतासँगै उत्कृष्ट शोरुमको सञ्चालनले हाम्रा सवै ग्राहक राम्ररी लाभान्वित हुने विश्वास हामीले लिएका छौं । 
शोरुमको उद्घाटन गर्दै गिरिजा अटोमोवाइल इन्टरप्राइजेजका प्रबन्धक निर्देशक श्री गुड्डु जैनले भन्नुभयो–नयाँ शोरुम खोलेर ग्राहकलाई सेवा विस्तार गर्न सफल हुँदा धेरै उत्साहित भएका छौं । यो शोरुम मार्फत हामी ग्राहकलाई राम्रो किनाइको अनुभूति र सहज पहुँच पु¥याउन सक्छौं ।
शोरुम हप्ताको सातै दिन विहान १० वजेदेखि वेलुकी ५ वजेसम्म खुल्नेछ । शोरुममा टाटा मोटर्सका सवै रेन्जका प्यासेन्जर गाडीहरु उपलब्ध हुनेछन् । नयाँ शोरुम थपिएपछि नेपालभरि टाटा मोटर्सका २० विक्री केन्द्र र २४ वटा सेवा केन्द्रहरु पुगेका छ ।
टाटा मोर्टस्का बारे
टाटा मोटर्स (वार्षिक) ४२ अर्व डलरको कारोवार गर्ने अन्तराष्र्टि«य कम्पनी हो जसले कार, युटिलिटी गाडीहरु, वस, टक अनि सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र १०० अर्व डलरको कारोवार रहेको टाटा ग्रुपको एउटा हाँगा हो । सहायक कम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत., दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । वेलायतको स्थापित ज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्तरगत उत्पादन हुन्छ । अनि यसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ । कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीय वजारमा नेतृत्वदायी भूमिकामा छ । पेसेञ्जर गाडीमाको विक्रीमा पनि टाटा अगाडि नै रहेको छ । यसका ९० लाख गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् । कम्पनीले दिगो र उपयुक्त खालको अटोमोवाइल प्रविधिको आविस्कारमा ध्यान दिदै आएको छ । यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् । अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्टेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा विक्री वितरण हुन्छ । 
सिप्रडीको वारेमा
सिप्रडी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरु मध्य एउटा हो । ३४ वर्षदखि कार्यरत सिप्रडीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ र यसका कारोवार तिव्रगतिमा वढ्दै गएको छ । सिप्रडी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ । यसका ७५० जना कर्मचारी छन् अनि ६५० जना सहयोगी कर्मचारी छन् । उनीहरु उत्कृष्ट वस्तु र सेवा पु¥याउने एउटै उद्धेश्यका साथ काम गरिरहेका छन् जसले सिप्रडीका व्रान्ड भ्यालु वढेको छ । सिप्रदी टे«डिङ प्रा.लि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्रापक कम्पनी हा । यसको नेपालमा सवभन्दा ठूलो विक्री तथा सेवा केन्द्रहरु छन् । यसका देशभरि टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित १८ विक्री कार्यालय र २४ सेवा केन्द्रहरु रहेका छन् । यसका पेसेञ्जर गाडीमा समर्पित २० शोरुम र २४ सेवा केन्द्रहरु रहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: