×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुल्ठेमुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, कलेजमा पनि कपाल र दार्ही पाल्न छुट दिने नियम बन्दै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ पुष २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

चुल्ठेमुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, कलेजमा पनि कपाल र दार्ही पाल्न छुट दिने नियम बन्दै !

काठमाडौँ । राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ ।यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो ।
प्रहरीले चुल्ठेमुन्द्रेलाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा लवज, भेषभूषा र पहिरनका आधारमा मात्रै मानिसलाई अपराधको सम्भावित कसुरदारका रुपमा व्यवहार गर्न नहुने उल्लेख छ ।
‘जुँगा, कपाल पालेका वा मुन्द्रा लगाएका आधारमा कुनै व्यक्तिलाई पक्राउ र दुव्र्यवहार गर्नु हुँदैन ।’ फैसलाको पूर्ण पाठमा भनिएको छ । आजको कान्तिपुरमा खबर छ ।
यसैबीच अव विभिन्न कलेजमा समेत कपाल र दारी पाल्न छुट दिने नियम बन्ने भएको छ । सर्वोच्चले गरेको माथिको फैसलालाई नजीरका रुपमा लिंदै कलेजले दारी र कपाल पाल्न नदिने नियमविरुद्ध मुद्धाको तयारीपछी यसो सम्भावना पढेको हो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: