सभामै बम पड्किएपछी भाषण गर्दागर्दै प्रचण्ड कुलेलाम ठोके, भने, 'विप्लवले गरि खानै नदिने भए... के गर्ने होला ?'


काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको बम विस्फोट भएपछी प्रचण्ड भाषण गर्दा गर्दै कुलेलाम ठोकेका छन् ।  एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले शनिबार कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा आयोजना गरेको आमसभालाई सम्बोधन गरिरहेका बेला बिस्फोट भएपछि प्रचण्ड भाषण गर्दा गर्दै भाषण छोडेर फटाफट गाडीमा बसेका थिए ।

'यी विप्लवले पनि गरी खानै दिने भएनन्, के गर्ने होला ?' भन्दै उनी सभाबाट बाहिरिएका थिए । त्यसलगत्तै सभा समेत समापन गरिएकाे थियो । विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको थियाे । यद्यपी कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित : Saturday, December 02, 2017

recent

Popular Posts