ग्लोबल आइएमई र रिलायबल क्यापिटल एक हुँदै, कहिलेदेखि हुँदैछ एकीकृत कारोबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - ग्लोबल आइएमई क्यापिटल र रिलायबल क्यापिटल एक हुने भएको छ । माघ १ गतेदेखि ग्लोबल र रिलायबलको  एकीकृत कारोबार हुने भएको छ । ग्लोबलले रिलायबलाई प्राप्ति गरिसकेको छ । ग्लोबल क्यापिटलले रिलायबल क्यापिटललाई प्राप्ति गर्ने अन्तिम स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पाइसकेकाले माघ १ देखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । 

यी दुई कम्पनीको एकीकृत कारोबार ग्लोबल आइएमई क्यापिटलको नामबाट हुनेछ । ग्लोबल आइएमई क्यापिटलको माउ कम्पनी ग्लोबल आइएमई बैंकले रिलायबल क्यापिटलको माउ कम्पनी रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर ग्लोबल आइएमईको नामबाट एकीकृत कारोबार सुरु गरिसकेकाले तिनका सहायक कम्पनी पनि एक हुन लागेका हुन् ।
प्रकाशित : Tuesday, January 09, 2018

recent

Popular Posts