×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिरोधकाबीचमा पनि पद्मावतले कमायो २३ करोड

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

बिरोधकाबीचमा पनि पद्मावतले कमायो २३ करोड

फिल्मको ट्रेलर सार्वजनिक गरेको दिनदेखिनै चौतर्फी विवादको सामना गरेको बलिउड चलचित्र पद्मावतले राम्रो ओपनिङ गरेको छ । बिहीबारबाट प्रर्दशनमा आएको सो चलचित्रले पहिलो दिनमै २३ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको भारतीय संचारमाध्यामहरुले बताएका छन् ।
बिबादले भारतका तीनवटा राज्यमा फिल्ममाथि प्रतिबन्ध लगाइएको भएपनि अन्य राज्यहरुमा चलचित्र प्रदर्शन हुँदा फिल्मको व्यापार उत्साहजनक देखिएको हो । यस्तो बिरोधकाबीच पनि चलचित्रको पहिलो दिनको कमाईलाई लिएर भारतीय फिल्म विश्लेषकहरुले फिल्मको व्यापार सुखद् रहने अनुमान लगाएका छन् ।
सञ्जयलिला भन्सालीको लेखन तथा निर्देशन रहेको फिल्ममा दीपिका पादुकोण, शाहिद कपुर, रणविर सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
भारतको राजपुत समूदायको विरोधका कारण उक्त फिल्म बिवादित बनेको थियो । यसै फिल्मको बिरोध गर्दै उक्त समूदायले लखनउको मोतिनगरमा तोडफोड गरेका छन् । त्यस्तै, मथुरा, भुवनेश्वर, लखनऊ, दिल्ली तथा जयापुरमा पनि प्रदर्शन भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: